शनिबार, अशोज ५, २०८१
Saturday, September 21, 2024

नेपाल प्रज्ञा प्रतिष्ठानद्वारा १० जना कवि पुरस्कृत

  • 4
  •  
  •  
  •  
  •  
  •  
  •  
    4
    Shares

काठमाडौ / नेपाल प्रज्ञा प्रतिष्ठानले यो वर्षको राष्ट्रिय कविता महोत्सवमा सर्वोत्कृष्ट १० कविलाई पुरस्कृत गरेको छ। प्रतिष्ठानको ६७औँ वार्षिकोत्सवका अवसरमा आज आयोजना गरिएको राष्ट्रिय महोत्सव २०८१ मा सहभागी भएका सर्वोत्कृष्ट १० जनालाई पुरस्कारका लागि छनोट गरिएको थियो। 

पुरस्कृत हुनेमा दाङका छविलाल कोपिला, बर्दियाका अग्रआवाज, मकवानपुरकी अनिता न्यौपाने, नवलपरासीका अञ्जान प्रदीप, रोल्पाका दिलीप बुढामगर, मोरङका रुमानी कुलुङ, सिन्धुलीका रूपक ‘जमरा’ घलान, सिन्धुलीकी रेजिना खालिङ, ललितपुरकी शर्मिला दुलाल र पाँचथरका सुमन सहयात्री योङहाङ रहेका छन्।

छविलाल कोपिलाको थारु भाषाको कविता शीर्षक पस्नक बास रहेको थियो । थारु भाषी कवि पहिलो पटक राष्ट्रिय कविता महोत्सवमा पुरस्कृत भएका हुन् ।

प्रतिष्ठानकी प्राज्ञ एवं कविता महोत्सव संयोजक बाबा बस्नेतका अनुसार महोत्सवका लागि देशभरबाट १ हजारभन्दा बढी कविता प्राप्त भएका थिए। तीमध्ये ६०४ वटा छनोट गरेर तेस्रो चरणका लागि २५ कविता छानिएकामा १० कविता सर्वोत्कृष्ट घोषणा गरिएका थिए।

प्रतिष्ठानका कुलपति भूपाल राईले पछिल्लो समय कविता महोत्सवलाई समावेशी बनाउने हेतुले बहुभाषा कविता छनोट गरिएको बताए।

यसअघि पहिलो, दोस्रो र तेस्रो चरणमा विजेता बनाउने परम्परा रहेकामा गन वर्षदेखि छनोट विधि परिवर्तन गरी १० रचना छानिएका जानकारी उनले दिए। प्रतिष्ठानले विसं २०२२ देखि राष्ट्रिय कविता प्रतियोगिता गर्दै आएको छ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
Jayjanatatv

Jayjanatatv

0
Would love your thoughts, please comment.x
()
x