रास्वपाबाट उम्मेदवार दिएका पराजुली सिन्धुपाल्चोक क्षेत्र नम्बर १ मा कार्यकर्तासङ्ग भेटघाट

एन्टिना घनश्याम,
सिन्धुपाल्चोक / फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचन नजिकिँदै जाँदा सिन्धुपाल्चोक क्षेत्र नं. १ को चुनावी प्रतिस्पर्धा निकै रोचक बन्दै गएको छ।
दशकौँदेखि एमाले, कांग्रेस र माओवादीको गढ मानिएको यस क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार भरत प्रसाद पराजुलीले मनोनयन दर्ता भएसङ्गै मतदाता भेटघाट लाई तिब्रता दिन थालेका छन।
विशेषगरी सत्ता र शक्तिको अनुभव बटुलेका स्थापित अनुहारहरूलाई च्यालेन्ज गर्दै, नयाँ एजेण्डाका साथ पराजुली मैदानमा उत्रिएपछि उनले क्षेत्र नम्बर १ का कार्यकता तथा मतदाताहरुलाई काठमाडौ र खाडिचौरमा छुट्टाछुट्टै भेटघाट गरेका छन।आज भएको खाडिचौरको चियापान कार्यक्रममा ७ ओटै पालिकाका सयौ कार्यकर्ता तथा मतदाताहरुको बाक्लो उपस्तिथि रहेको थियो।रास्वपाको क्षेत्रीय सभापति उमेश लामाको सभापतित्वमा सम्पन्न कार्यक्रममा उम्मेदवार पराजुलीले स्थानीय हकहितका दर्जनौ प्रतिबद्धता प्रस्तुत गरेका थिए।उनले भने म राजनीतिमा जनताको सेवा गर्न आएको हु,राजनीतिलाई कमाउने धन्दा बनाइरहने परम्परा लाई जरैदेखी उखेलेर जनताको दुखमा मलम लगाउने आफ्नो प्रमुख अभिभारा रहेको प्रस्ट पारे।
स्थापित दलका नेताहरू एकअर्कालाई खुइल्याउन व्यस्त रहँदा, रास्वपाका भरत प्रसाद पराजुली भने ‘परिवर्तन र डेलिभरी’ को एजेण्डासहित बिना गालिगलौज जनताको घरदैलोमा पुग्न थालेका छन्।
इन्जिनियरिङ र व्यवस्थापकीय पृष्ठभूमि भएका पराजुलीले सिन्धुपाल्चोकको बाढी पहिरो नियन्त्रण र पर्यटन विकासका लागि प्राविधिक रूपमा सम्भव योजनाहरू अघि सारेका छन्, जसलाई युवा पुस्ताले विश्वास गरेको छ। कांग्रेस, एमाले र माओवादीभित्रै रहेका तर नेतृत्वप्रति असन्तुष्ट ठुलो संख्याका कार्यकर्ताहरू यसपटक ‘घण्टी’ मा मतदान गर्न उत्साहित समेत देखिएका छन्।
RELATED NEWS ARTICLES






WRITE COMMENTS FOR THIS ARTICLE