टीकापुर घटना गराउनेको नाम सार्वजनिक गर्ने बेला भयो : नेता चौधरी


काठमाडौं / नागरिक उन्मुक्ति पार्टीका नेता रेशम चौधरीले टीकापुर घटना गराउनेको नाम सार्वजनिक गर्ने बेला भइसकेको बताएका छन ।उनले कसले घटना गरायो भन्ने कुरा लाल आयोगलाई सोध्न आग्रह पनि गरेका हुन ।
टीकापुर घटनामा जबरजस्ती दोषी बनाइएका थारुहरुलाई उचित क्षतिपूर्ति सहित राज्यले माफी माग्नुपर्ने बताएका छन् ।
आज नेपाल समाजवादी पार्टीको स्थापना दिवसका अवसरमा आयोजित कार्यक्रममा सम्बोधन गर्दै उनले घाइतेलाई रिक्सामा हालेर अस्पताल पुर्याउनु अपराध हो ? भन्दै प्रश्न गरे ।
चौधरीले साढे १० हजार जनप्रतिनिधि र १ लाख ३९ हजार थारुहरु जम्मा भएको नागरिक उन्मुक्तिको महाधिवेशनलाई निर्वाचन आयोगले अवैध ठहर गर्नु दुःखको कुरा भएको बताउदै अहिलेको शासन पद्धतिबाट आफूहरु आजित भएको बताए ।
RELATED NEWS ARTICLES

WRITE COMMENTS FOR THIS ARTICLE