बुधबार, फाल्गुन २८, २०८१
Wednesday, March 12, 2025

टीकापुर घटना गराउनेको नाम सार्वजनिक गर्ने बेला भयो : नेता चौधरी

  • 39
  •  
  •  
  •  
  •  
  •  
  •  
    39
    Shares

बुधबार ३० जेठ २०८१

काठमाडौं / नागरिक उन्मुक्ति पार्टीका नेता रेशम चौधरीले टीकापुर घटना गराउनेको नाम सार्वजनिक गर्ने बेला भइसकेको बताएका छन ।उनले कसले घटना गरायो भन्ने कुरा लाल आयोगलाई सोध्न आग्रह पनि गरेका हुन ।

टीकापुर घटनामा जबरजस्ती दोषी बनाइएका थारुहरुलाई उचित क्षतिपूर्ति सहित राज्यले माफी माग्नुपर्ने बताएका छन् ।

आज नेपाल समाजवादी पार्टीको स्थापना दिवसका अवसरमा आयोजित कार्यक्रममा सम्बोधन गर्दै उनले घाइतेलाई रिक्सामा हालेर अस्पताल पुर्‍याउनु अपराध हो ? भन्दै प्रश्न गरे ।

चौधरीले साढे १० हजार जनप्रतिनिधि र १ लाख ३९ हजार थारुहरु जम्मा भएको नागरिक उन्मुक्तिको महाधिवेशनलाई निर्वाचन आयोगले अवैध ठहर गर्नु दुःखको कुरा भएको बताउदै अहिलेको शासन पद्धतिबाट आफूहरु आजित भएको बताए ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
Jayjanatatv

Jayjanatatv

0
Would love your thoughts, please comment.x
()
x