शनिबार, अशोज ५, २०८१
Saturday, September 21, 2024

एकीकृत समाजवादीको स्थायी कमिटी बैठक आज पनि जारी

  • 18
  •  
  •  
  •  
  •  
  •  
  •  
    18
    Shares
आइतबार ३० वैशाख २०८१

काठमाडौं / नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) को स्थायी कमिटी बैठक आज पनि जारी रहने छ । शनिबार शुरू भएकाे बैठक आज ११ बजे बस्नेगरी स्थगित गरिएको थियाे ।

पार्टीको केन्द्रीय कार्यालयमा हिजाे (शनिबार)देखि सुरूभएको बैठकमा नेताहरूले बोल्नेक्रम बाँकी रहेकाले आज बस्नेगरी स्थगित गरिएको पार्टीका उपमहासचिव एवम् केन्द्रीय प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिनुभयो ।

हिजाेको बैठकमा पार्टी अध्यक्ष माधवकुमार नेपालले समसामयिक राजनीतिक अवस्था, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय परिस्थितिलगायत विषयमाथि आफ्नो धारणा राख्नुभएको र महासचिव घनश्याम भुसालले आसन्न महाधिवेशनका तयारीसहितका एजेण्डाबारे जानकारी गराउनुभएको पनि उपमहासचिव खतिवडाले जानकारी दिनुभयो ।

यस्तै, बैठकमा स्थायी कमिटी सदस्यहरू साध्यबहादुर भण्डारी, श्रीप्रसाद साह, राजेन्द्र राई र माधव पौडेलले आफ्ना कुरा राख्नुभएको थियो भने बाँकी नेताहरूले आइतबारको बैठकमा बोल्नु हुनेछ ।

स्थायी कमिटी बैठक सकिएलगत्तै आजै साँझ पोलिटब्यूरो बैठक समेत बोलाइएको पोलिटब्यूरो सदस्य दिलु पन्तले जानकारी दिनुभयो । सो बैठकले केन्द्रीय कमिटीको बैठकमा छलफल गरिने कार्यसूची अनुमोदन गर्ने जनाइएको छ ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
Jayjanatatv

Jayjanatatv

0
Would love your thoughts, please comment.x
()
x