शनिबार, अशोज ५, २०८१
Saturday, September 21, 2024

नेपालमै विद्युतीय गाडी उत्पादन गर्न चिनियाँ कम्पनीसँग सम्झौता

  • 12
  •  
  •  
  •  
  •  
  •  
  •  
    12
    Shares
सोमबार १७ बैशाख २०८१

काठमाडौ / नेपालमा चिनियाँ गाडी उत्पादन गर्न चिनियाँ कम्पनीसँग सम्झौता भएको छ । चिनिया कम्पनीसँगको साझेदारीमा विराटनगरमा कोशी एन.के. मोटर्सले विद्युतीय गाडी उत्पादन गर्ने भएको हो ।

चिनियाँ कम्पनी सेमन गोल्डेन ड्रागन अटो बडीसँग कोशी एन.के. मोटर्स प्रा.लि.ले लगानी सम्मेलनकै क्रममा सम्झौता भएको छ । चीनको फुजियन प्रान्तमा रहेको सेमन गोल्डेन ड्रागन अटो बडी र कोशी एन.के. मोटर्सबीच ४ पाङ्ग्रे विद्युतीय गाडी नेपालमा उत्पादन गर्ने सम्झौता भएको हो । दुई कम्पनीले यसका लागि पहिलो चरणमा ३ अर्ब लगानी गर्नेछन् ।

कोशी एन.के. मोटर्सका अध्यक्ष टीकाराम पुरीका अनुसार एक वर्षभित्र विराटनगरमा ४ पाङ्ग्रे गाडीको उत्पादन सुरु गर्ने लक्ष्य राखिएको छ । चिनियाँ र कोरियन प्रविधिमा आधारित ४ पाङ्ग्रे विद्युतीय सवारी उत्पादन गरिने उनको भनाइ छ ।

विद्युतीय गाडी उत्पादन प्लान्ट स्थापनाका लागि मोरङको बुढीगंगामा १५ विघा जमिन खरिद गरिएको छ ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
Jayjanatatv

Jayjanatatv

0
Would love your thoughts, please comment.x
()
x