अहिलेसम्मको उच्च बिन्दुमा सुनको मूल्य


मङ्गलबार २९ साउन २०८१
काठमाडौँ / नेपाली सुनचाँदी बजारमा मंगलबार सुनको मूल्यले उच्च बिन्दुमा पुगेको छ । एकै दिन २१ सय रुपैयाँ बढेर सुनले नयाँ रेकर्ड बनाएको हो ।
मंगलबार सुन प्रतितोला १ लाख ५० हजार ८०० रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यो हालसम्म कै उच्च हो । यसअघि साउन २१ गते सुनको उच्च मूल्य १ लाख ५० हजार रुपैयाँ सम्म कायम भएको थियो ।
सोमबार छापावाला सुन तोलामा १ लाख ४८ हजार ७०० रुपैयाँ कायम भएको थियो ।
यस्तै, मंगलबार चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी प्रतितोला १ हजार ७४० रुपैयाँमा कारोबार भईरहेको महासंघले जनाएको छ ।
RELATED NEWS ARTICLES

WRITE COMMENTS FOR THIS ARTICLE