मङ्लबार, माघ २१, २०८२
Tuesday, February 3, 2026

सप्तरी–४ मा तेजुलाल चौधरीको चौथो जित रोक्न चौतर्फी घेराबन्दी, मैदानमा एमालेदेखि रास्वपासम्म

  • 85
  •  
  •  
  •  
  •  
  •  
  •  
    85
    Shares

मङ्गलबार २० माघ २०८२
सप्तरी / सप्तरी निर्वाचन क्षेत्र नम्बर ४ मा यसपटक चुनाव केवल प्रतिस्पर्धा होइन, प्रतिष्ठाको निर्णायक लडाइँ बनेको छ। नेपाली कांग्रेसका उम्मेदवार तथा पूर्व मन्त्री तेजुलाल चौधरी चौथोपटक संसदीय जित हात पार्ने दृढ संकल्पका साथ मैदानमा उत्रिएका छन्।
तर, उनको लगातारको राजनीतिक पकड तोड्न एमाले, नेकपा, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र जनता समाजवादी पार्टी (जसपा) आम जनता पार्टी (आजपा) नागरिक उन्मुक्ती पार्टी नेपाल (नाउपा)लगायतका दलहरू एकपछि अर्को मोर्चा खोल्दै घेराबन्दी रणनीतिमा उत्रिएका छन्।
लामो संसदीय अनुभव, सरकार सञ्चालनको अभ्यास र सप्तरी–४ मा गरिएका विकास निर्माणका कामलाई आफ्नो मुख्य हतियार बनाएका चौधरीलाई रोक्न विपक्षी दलहरू “परिवर्तन” र “वैकल्पिक शक्ति”को नारा बोकेर मैदानमा देखिएका छन्।

स्थानीय स्तरमा चौधरीको पकड बलियो मानिए पनि यसपटक चुनावी मैदान असाध्यै भीडभाडको बनेको छ। सत्ता, संगठन र नाराको आडमा विपक्षी दलहरू चौधरीको चौथो जित रोक्न अन्तिम शक्ति प्रयोग गर्ने तयारीमा देखिएका छन्।
तर, चौधरी पक्षधरहरू भने “काम गर्ने नेता फेरिँदैन” भन्ने नारा अघि सार्दै विकास, अनुभव र निरन्तरताको पक्षमा जनमत बलियो बन्दै गएको दाबी गर्छन्।
चुनाव नजिकिँदै जाँदा सप्तरी–४ राजनीतिक रणभूमिमा परिणत हुँदै गएको छ। अब प्रश्न एउटै छ—
तेजुलाल चौधरी इतिहास दोहोर्याएर चौथोपटक संसद् छिर्छन् कि विपक्षी शक्तिहरूले उनको यात्रामा ब्रेक लगाउँछन्?

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

YOU MAY ALSO LIKE

Jayjanatatv

Jayjanatatv

0
Would love your thoughts, please comment.x
()
x