शनिबार, माघ १८, २०८२
Saturday, January 31, 2026

आलोचनाबाट बच्न कुलमानले दिए पदबाट राजीनामा

  • 46
  •  
  •  
  •  
  •  
  •  
  •  
    46
    Shares

बुधबार २३ पुस २०८२
काठमाडौँ / उर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङले पदबाट राजीनामा दिएका छन ।
उनले बुधवार बेलुका प्रधानमन्त्री सुशीला कार्कीलाई भेटेर प्रधानमन्त्री निवास बालुवाटारमा राजीनामा पत्र बुझाएका हुन्।

राष्ट्रिय स्वतन्त्र पार्टीको उपसभापति हुनेगरी सहमति गरे पनि कुनै दलको सदस्य बनेको छैन भनेर ढाँटे लगत्तै आलोचना बढेपछि घिसिङले मन्त्री पदबाट राजीनामा दिएको छ ।

उनले ऊर्जासँगै भौतिक पूर्वाधार र सहरी विकास मन्त्रालयसमेत सम्हालेका थिए। चुनाव गराउन बनेको नागरिक सरकारमा मन्त्रीहरू नै दलहरूमा सक्रिय हुन थालेपछि प्रधानमन्त्री कार्कीले उनीहरूको राजीनामा मागेकी थिइन्। प्रधानमन्त्री कार्कीले कुलमानसँगै सञ्चारमन्त्री रहेका जगदीश खरेल र खेलकुद मन्त्री बब्लु गुप्ताको समेत राजीनामा मागेकी थिइन्।

सरकारमा मन्त्री बन्दा नै नेपाली कांग्रेसको क्रियशिल रहेका खरेलले आफू अहिलेसम्म कुनै दलको सदस्य नभएको भनेर ढाँट्दै हिँडेका छन्। बब्लु रास्वपाको कार्यक्रममा देखिए पनि उनी पार्टी प्रवेश गरेका छैनन्। उनी कुलमान निकट हुन्।

प्रधानमन्त्री भन्दै अन्तमा मन्त्री हुन राजी भएका कुलमान यो बिचमा भारतसँग भएको विद्युत खरिदमा ४३ करोड बढी भ्रष्टाचार गरेको विवादमा तानिएका थिए।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
Jayjanatatv

Jayjanatatv

0
Would love your thoughts, please comment.x
()
x