सर्लाही-२ मा सीबी साहको कडा संकल्प: ‘अबकी बार, जनता सरकार’

मङ्गलबार २७ माघ २०८२
सर्लाही / आम जनता पार्टी (आजपा) का प्रभावशाली नेता एवं सर्लाही क्षेत्र नं. २ का प्रतिनिधि सभा सदस्य उम्मेदवार चन्द्र भुषण साह (सीबी साह) ले आफ्नो चुनावी प्रतिबद्धता पत्र सार्वजनिक गर्दै विकास र सुशासनको नयाँ खाका प्रस्तुत गर्नुभएको छ ।
चमेली माईको आर्शिवाद लिँदै चुनावी मैदानमा उत्रिएका साहले परम्परागत राजनीतिक दलहरूको सिन्डिकेट (दलतन्त्र) विरुद्ध ‘आम जनताको सरकार’ स्थापना गर्ने उद्घोष गर्नुभएको छ ।
मुख्य एजेण्डाहरू: के छ प्रतिबद्धता पत्रमा?
साहले सार्वजनिक गरेको प्रतिबद्धता पत्रमा २० वटा मुख्य बुँदाहरू समेटिएका छन्, जसले सर्लाहीको मुहार फेर्ने दाबी गरिएको छ:
- भ्रष्टाचार मुक्त सुशासन: शून्य सहनशीलतासहितको पारदर्शी प्रशासन र जनउत्तरदायी सरकार ।
- आर्थिक राहत: उत्पादनमा वृद्धिका लागि ‘शून्य कर नीति’ र मिटरब्याज जस्ता वित्तीय शोषणको पूर्ण अन्त्य ।
- पूर्वाधारमा क्रान्ति: खाल्डाखुल्डी मुक्त फराकिलो सडक, व्यवस्थित नाला, र प्रत्येक टोलमा सीसी क्यामेराको व्यवस्था ।
- कृषिमा नयाँ युग: किसानलाई पेन्सनको व्यवस्था, बाली बिमा, र बीउ-मलको दीर्घकालीन समाधान ।
- शिक्षा र स्वास्थ्य: गाउँ-नगरमा मोडेल अस्पताल र गुणस्तरीय शिक्षाका लागि आधुनिक शैक्षिक पूर्वाधार ।
- नि:शुल्क सुविधा: मजबुत ऊर्जा पूर्वाधारसहित नि:शुल्क विद्युत र सार्वजनिक स्थानमा फ्री-वाइफाई ।
‘शासक होइन, सेवक रोजौं’
साहले आफ्नो निर्वाचन चिन्ह ‘मोबाईल’ मा मतदान गर्न अपिल गर्दै भन्नुभएको छ, “यो मेरो केवल चुनावी प्रचार होइन, यो मेरो जन्मभूमिप्रतिको जिम्मेवारी र मतदातासँगको पवित्र वचन हो ।” उहाँले सर्लाहीलाई विदेशी सहरको सपना देखाउनु सट्टा आफ्नै जिल्लालाई समृद्ध र वैभवशाली बनाउन सम्भव रहेको कुरामा जोड दिनुभएको छ ।
क्षेत्र नं. २ का सचेत र स्वाभिमानी जनताले यसपटक ‘सिस्टम सुधार’ का लागि बदलावको पक्षमा मतदान गर्ने उम्मेदवार साहको विश्वास छ ।
RELATED NEWS ARTICLES






WRITE COMMENTS FOR THIS ARTICLE