न्यारोबडी जहाज मर्मत गरी नेपाल ल्याइदै


काठमाडाैं / संस्कृती, पर्यटन तथा नागरिक उड्यनमन्त्री हितबहादुर तामाङले नेपाल वायुसेवा निगमको न्यारोबडी मर्मत गरेर आज (सोमबार) काठमाडौं विमानस्थलमा आउने बताउनुभएको छ । मन्त्री तामाङले पर्यटन बिटमा लेख्ने पत्रकारहरुसँगको छलफल कार्यक्रममा बोल्दै यस्तो बताउनुभएको हो ।
उहाँले लामाे समयदेखि इन्जिन मर्मतको लागि इजरायलमा रहेको नेपाल वायुसेवा निगमको न्यारोबडी जहाज सोमवार काठमाडौैं विमानस्थल आउने बताउनु भयो । उहाँले इन्जिन मर्मतपछि जहाज नेपाल ल्याउन लागिएको बताउनुभयो । उहाँले जहाजको इन्जिनमा समस्या आएर लामो समय ग्राउण्डेट हुँदा निगमलाई धेरै घाटा भएको स्वीकार गर्नुभयो । मन्त्री तामाङले जहाज नुहुँदा भएका समस्या जहाज मर्मत भएर आएसँगै समाधान हुने विश्वास लिएको बताउनुभयो ।
मन्त्री तामाङले आफू मन्त्री भएर आएदेखि जहाज तत्काल बनाएर ल्याउन ताकेता गरेकाले विभिन्न प्राविधिक समस्याका कारण चाँडै आउन नसकेको बताउनु भयो । उहाँले ढिलै भएपनि सोमवार जहाज मर्मत पछि नेपाल ल्याउन लागिएको बताउनुभयो । उहाँले युरोपेली युनियन (इयु) हवाई सुरक्षामा नेपाली वायुसेवालाई त्यहाँको आकासमा सिधा उडान गर्ने कार्ययोजना बनाउने विषयमा अडिक रहेको बताउनु भयो । उहाँले आकाशमा जुनसुकै देशको जहाज पनि उडान गर्न पाउनुपर्ने बताउनुभयो । उहाँले कार्ययोजना बनाउनको लागि सम्बन्धित निकाय,विज्ञहरुसँग छलफल गरी रहेको बताउनुभयो ।
उहाँले सरकारले मे २९ तारिकको दिन १७ औँ अन्तर्राष्ट्रिय सगरमाथा दिवस प्रधानमन्त्री पुष्पकमल दाहालको उपस्थितिमा सगरमाथाको फेदमा दिवस बनाउने योजना बनाएको बताउनुभयो । उहाँले विगतमा प्रधानमन्त्रीको उपस्थितिमा मनाउने तयारी भएपनि बजेट लगाएको कारण जान नपाएको भन्दै यो वर्ष जेठ १६ गते परेकाले प्रधानमन्त्रीको सहभागिता रहने बताउनुभयो । (जनता समाचारबाट)
RELATED NEWS ARTICLES

WRITE COMMENTS FOR THIS ARTICLE