सोमवार, जेष्ठ ११, २०८३
Monday, May 25, 2026

आफ्ना माग पूरा नभए अनसन बस्ने चेतावनी

  • 12
  •  
  •  
  •  
  •  
  •  
  •  
    12
    Shares

शनिबार ८ बैशाख २०८१
काठमाडौँ  / अभियान्ता डा. गोविन्द केसीले चिकित्सा शिक्षा सुधारका आफ्ना माग पूरा नभए अनसन बस्ने चेतावनी दिएका छन्।

विगतमा भएका सहमति कार्यान्वयनका लागि सरकारलाई केसीले तीन हप्ताको अल्टिमेटम दिएका छन्। पत्रकार सम्मेलन गर्दै डा. केसीले सहमति कार्यान्वयन नभए आफूले तीन हप्तापछि सत्याग्रह सुरु गर्ने बताएका हुन्।

डा. केसीले पूर्वन्यायाधीश गौरीबहादुर कार्की नेतृत्वको चिकित्सा शिक्षासम्बन्धी जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयन गरी आयोगले कारबाहीका लागि सिफारिस गरेका पदाधिकारीलाई कारबाही गर्न पत्रकार सम्मेलनमा माग गरेका छन्।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

YOU MAY ALSO LIKE

Jayjanatatv

Jayjanatatv

0
Would love your thoughts, please comment.x
()
x