इलामको आमूल परिवर्तनको लागि आफ्नो उम्मेदवारी : रेशम सुनार

बुधबार ५ बैशाख २०८१,
इलाम / इलाम क्षेत्र नम्बर २ बाट नेपाली जनता दलबाट उम्मेदवारी दिएका रेशम सुनारले इलामको आमूल परिवर्तनको लागि आफ्नो उम्मेदवारी रहेको बताए ।

दलित, उत्पीडित बर्गको लागि इलामेली जनताले आफुलाई अमुल्य मत दिएर जिताउने बिश्वास लिदै सुनारले ठुला भनाउदा पार्टीले अहिलेसम्म इलामको जनताको लागि के उपलब्धि गरे त भन्दै अब ठुला पार्टीको बिकल्पमा इलामको बिकास,समृद्धि, स्वस्थ्य ,शिक्षामा आमूल परिवर्तनको लागि आफ्नो उम्मेदवारी रहेको बताए।
ठुला पार्टीहरु एमाले ,काङ्ग्रेस , रास्वपा को बिचमा साना दलका उम्मेदवारलाई जित्न मुस्किल होला नित भन्ने प्रश्नमा उनले आफ्नो भिजन स्पष्ट इलामका जनताको हितमा रहेकाले निर्वाचनमा आफुलाई जिताउनेमा ढुक्क रहेको बताए।
RELATED NEWS ARTICLES






WRITE COMMENTS FOR THIS ARTICLE