शनिबार, साउन २, २०८३
Saturday, July 18, 2026

मिस नेपाल २०२६ को उत्कृष्ट २४ मा चिकित्सक डा. शितांशु ढकाल, स्वास्थ्य र महिला सशक्तीकरणको मुद्दा उठाउँदै

सौन्दर्य मात्र होइन, स्वास्थ्य सन्देशको मञ्च' भन्दै प्रजनन र मानसिक स्वास्थ्यमा जोड
Spread the love

 

काठमाडौं,असार ३० । मिस नेपाल २०२६ को उत्कृष्ट २४ मा डा. शितांशु ढकाल छनौट भएकी छन् । चिकित्सक, युवा अभियन्ता तथा सामाजिक नेतृत्वकर्ताका रूपमा परिचित डा. ढकाल प्रतियोगितामा प्रवेश गरेसँगै अहिले बहुचर्चामा छिन् ।

अरु प्रतिस्पर्धीहरूमध्ये डा. ढकालले मिस नेपालको उपाधि धान्ने व्यक्तित्व र सद्गुण भएको भन्दै चौतर्फी चर्चा पाएकी हुन् ।पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान (पीएएचएस)बाट एमबीएस अध्ययन पूरा गरेकी डा. ढकालले यस वर्षको मिस नेपालमा स्वास्थ्य क्षेत्रको प्रतिनिधित्व गरेकी हुन् ।

उनले मिस नेपालको मञ्चमार्फत विशेषगरी महिलाको प्रजनन स्वास्थ्य र मानसिक स्वास्थ्यका विषयमा जनचेतना अभिवृद्धि गर्ने र स्वास्थ्य सेवामा पहुँच र समानतालाई प्रवर्द्धन गर्ने लक्ष्य राखेकी छन् ।

चिकित्सा क्षेत्रसँगै उनी युवा नेतृत्व र सामुदायिक विकासमा पनि सक्रिय छन् । उनी युनिसेफ नेपालकी पूर्व युवा अभियन्ता पनि हुन् । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मञ्चमा युवाको प्रतिनिधित्व गर्दै स्वास्थ्य शिक्षा, युवा सशक्तीकरण र सामाजिक परिवर्तनका क्षेत्रमा उनले योगदान दिँदै आएकी छन् ।सञ्चारकर्मीसँग कुराकानी गर्दै डा. ढकालले भनिन्, `मलाई सानैदेखि मिस नेपाल बन्ने इच्छा थियो। वास्तवमा आफ्ना पूजनीय माता-पितालाई पनि जानकारी नदिई यस मिस नेपाल २०२६ को प्रतियोगितामा सहभागी भएकी थिएँ। उत्कृष्ट २४ मा छनौट भएपछि मात्रै सरप्राइज दिएर खुशी साटेको छु ।`

उनले थपिन्, `मिस नेपाल सौन्दर्य प्रतियोगिता मात्र नभई सार्वजनिक स्वास्थ्यका महत्वपूर्ण विषय उठान गर्ने, सामाजिक सन्देश प्रवाह गर्ने र युवालाई उद्देश्य, करुणा तथा सेवाभावका साथ नेतृत्व गर्न प्रेरित गर्ने प्रभावकारी मञ्च हो ।`

मतदानबाट उत्कृष्ट १३ मा जाने अवसर
मिस नेपालको प्रतियोगिता अन्तर्गत सार्वजनिक मतका आधारमा उत्कृष्ट १३ मा सिधै प्रवेश गर्ने व्यवस्था रहेको छ । त्यसका लागि दर्शक तथा शुभेच्छुकले मिस नेपालको आधिकारिक मतदान प्रणालीमार्फत मतदान गर्नुपर्ने हुन्छ ।

डा. ढकालले आफ्नो यस यात्रामा साथ र समर्थन गर्ने सबैप्रति आभार व्यक्त गर्दै मिस नेपालको मञ्चमार्फत महिला स्वास्थ्य र युवा सशक्तीकरणका पक्षमा आफ्नो अभियानलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेकी छन् ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

YOU MAY ALSO LIKE

Jayjanatatv

Jayjanatatv

0
Would love your thoughts, please comment.x
()
x