शुक्रबार, जेष्ठ २९, २०८३
Friday, June 12, 2026

धनकुटाको मूलघाटमा यात्रुवाहक बस दुर्घटना, १२ जना घाइते

  • 34
  •  
  •  
  •  
  •  
  •  
  •  
    34
    Shares

शुक्रबार २९ जेठ २०८३

धनकुटा । धनकुटा नगरपालिका-९ च्याङच्याङबारीस्थित मूलघाट क्षेत्रमा शुक्रबार दिउँसो यात्रुवाहक बस दुर्घटना हुँदा १२ जना घाइते भएका छन् ।

संखुवासभाबाट धरानतर्फ जाँदै गरेको को १ ख ७७८८ नम्बरको बस दिउँसो करिब २:४० बजे अचानक अनियन्त्रित भई सडकमा पल्टिँदा दुर्घटना भएको प्रहरीले जनाएको छ ।

दुर्घटनाको जानकारी प्राप्त हुनासाथ प्रहरी चौकी मूलघाटबाट प्रहरी सहायक निरीक्षक हरीकुमार राईको कमाण्डमा ४ जनाको टोली घटनास्थलमा खटिएको थियो । थप सुरक्षाका लागि जिल्ला प्रहरी कार्यालय धनकुटाबाट प्रहरी निरीक्षक रामप्रसाद खनालको कमाण्डमा १३ जनाको टोली पनि परिचालन गरिएको थियो ।

प्रहरीले घाइतेहरूको उद्धार गरी उपचारका लागि स्थानीय स्वास्थ्य संस्थामा पठाएको जनाएको छ । घाइतेहरूको अवस्था र दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

YOU MAY ALSO LIKE

Jayjanatatv

Jayjanatatv

0
Would love your thoughts, please comment.x
()
x