बुधबार, जेष्ठ २०, २०८३
Wednesday, June 3, 2026

‘नेपालले पनि भारतको जग्गा मिचेको छ’ भन्ने प्रधानमन्त्रीको अभिव्यक्ति राष्ट्रघाती : जेनजी अध्यक्ष साह

  • 66
  •  
  •  
  •  
  •  
  •  
  •  
    66
    Shares

आइतबार १७ जेठ २०८३

काठमाडौं / कमन जेनजी नेपालका अध्यक्ष विकेश साहले प्रधानमन्त्री वालेन्द्र शाह (वालेन)ले ‘नेपालले पनि भारतको सिमाना मिचेको छ’ भन्ने अभिव्यक्ति दिनु सार्वभौमसत्ताप्रतिको गम्भीर उल्लंघन र अपमान भएको टिप्पणी गरेका छन्।

आइतबार बसेको प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्री शाहले ‘भारतले नेपालको जग्गा मात्र होइन, नेपालले पनि भारतको जग्गा धेरै ठाउँमा मिचेको रहेछ’ भनेपछि जेनजी अगुवा साहले उक्त अभिव्यक्ति फिर्ता लिन र संसद्को रेकर्डबाट हटाउन माग गरेका हुन्।

“भारतको कुन ठाउँको जग्गा, कति र कहिले मिचेको हो ? तथ्य सार्वजनिक गर्नुस्। हामी जान्न चाहन्छौं। तपाईँले मनपरी बोल्न मिल्दैन। राष्ट्रिय अखण्डता जस्तो गम्भीर विषयमा जे पनि बोल्नु आपत्तिजनक छ। तपाईँले यो कसलाई खुसी पार्न बोल्नु भो ? यो नेपालको हितमा त पक्कै छैन,” साहले भने।

उनले प्रधानमन्त्रीलाई भनाइ फिर्ता लिन र संसदको रेकर्डबाट हटाउन विशेष आग्रह समेत गरेका छन्।

प्रधानमन्त्री शाहको उक्त अभिव्यक्तिपछि चौतर्फी विरोध र आलोचना भइरहेको छ। राष्ट्रिय अखण्डताजस्तो गम्भीर विषयमा यस्तो अभिव्यक्ति दिनु आपत्तिजनक भएको टिप्पणी भइरहेको छ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

YOU MAY ALSO LIKE

Jayjanatatv

Jayjanatatv

0
Would love your thoughts, please comment.x
()
x