प्रतिनिधिसभाको बैठक आज, निर्वाचन र मतदाता नामावली संशोधन विधेयक पेश हुने

काठमाडौँ / संघीय संसद् अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बिहान १ बजे सिंहदरबारस्थित संसद् भवनमा बस्दैछ। बैठकमा विभिन्न महत्त्वपूर्ण विधेयकमाथि विचार र दफावार छलफलको कार्यसूची तय गरिएको छ।
संसद् सचिवालयका अनुसार कानुन, न्याय तथा संसदीय मामिला मन्त्री सोबिता गौतमले प्रधानमन्त्री तथा गृहमन्त्रीको तर्फबाट ‘प्रतिनिधि सभा सदस्य निर्वाचन (पहिलो संशोधन) विधेयक, २०८३’ माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नेछिन्।
त्यस्तै मन्त्री गौतमले ‘मतदाता नामावली (पहिलो संशोधन) विधेयक, २०८३’ र ‘राष्ट्रिय विधि विज्ञान प्रयोगशाला (स्थापना र सञ्चालन) विधेयक, २०८१’ माथि पनि विचार गरियोस् भन्ने प्रस्ताव राख्ने कार्यसूची छ।
बैठकको अर्को महत्त्वपूर्ण कार्यसूचीमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले ‘वैकल्पिक विकास वित्त परिचालन विधेयक, २०८२’ माथिको दफावार छलफल सदनमा गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन्। सांसदहरूबाट प्राप्त संशोधनहरूमाथि आजै निर्णय गरिने र सबै प्रक्रिया पूरा भएपछि विधेयक पारित गर्ने अन्तिम प्रस्ताव पनि प्रस्तुत गरिनेछ।
RELATED NEWS ARTICLES






WRITE COMMENTS FOR THIS ARTICLE