सोमवार, जेष्ठ ११, २०८३
Monday, May 25, 2026

सुधन गुरुङको प्रतिक्रिया : “म ढुक्क छु, मेरो कुनै गल्ती छैन”

  • 2
  •  
  •  
  •  
  •  
  •  
  •  
    2
    Shares

शनिबार २ जेठ २०८३
काठमाडौं । तत्कालीन गृहमन्त्री तथा सांसद सुधन गुरुङले आफूविरुद्ध छानबिन समिति गठन भएपछि सरकारले निष्पक्ष रूपमा सत्यतथ्य बाहिर ल्याउनेमा आफू विश्वस्त रहेको बताएका छन्।
उनले यदि आफूबाट कुनै गल्ती भएको प्रमाणित भए सरकारले कुनै पनि हालतमा नलुकाई कारबाही गर्ने बताए। साथै, आफूले कुनै पनि गलत काम नगरेको दाबी गर्दै छानबिन सामना गर्न तयार रहेको स्पष्ट पारे।
गुरुङले आफ्नो दलले गलत काम गर्ने कसैलाई पनि संरक्षण नगर्ने दाबी गर्दै यसअघि आफ्नै पार्टीका श्रममन्त्रीमाथि पनि कारबाही प्रक्रिया अघि बढाइएको उदाहरण दिएका छन्। उनले भने, “पहिलेका राजनीतिक दलहरूजस्तो म्यानिपुलेट गरेर ‘वासिङ मेसिनमा धोएर ल्याउने’ प्रवृत्ति हाम्रोमा हुँदैन।”
उनका अनुसार छानबिन समिति गठन हुनुअघि नै पार्टीका शीर्ष नेताहरूले आफूलाई सोधपुछ गरेका थिए। यदि गलत काम गरेको पाइए कारबाही भोग्न तयार हुनुपर्ने चेतावनी समेत दिइएको उनले बताए।
गुरुङले अन्त्यमा आफू निर्दोष भएकाले सत्य बाहिर आउनेमा पूर्ण रूपमा ढुक्क रहेको उल्लेख गरे।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

YOU MAY ALSO LIKE

Jayjanatatv

Jayjanatatv

0
Would love your thoughts, please comment.x
()
x