शनिबार, साउन २, २०८३
Saturday, July 18, 2026

बास्कोटाको कटाक्ष : चुनाव जित्ने दाबी सुन्दा सबैले एकल सरकार बनाइसकेजस्तो

Spread the love

शनिबार १७ माघ २०८२
काठमाडौं / नेकपा एमालेका नेता गोकुल बास्कोटाले चुनाव जित्ने दाबी र सिट आँकलनप्रति कटाक्ष गरेका छन्। विभिन्न दलका नेताहरूका अभिव्यक्ति सुन्दा कोही पनि दोस्रो नहुने र सबैले एकल सरकार नै बनाइसकेजस्तो देखिएको टिप्पणी उनले गरेका हुन्।
सामाजिक सञ्जालमार्फत प्रतिक्रिया जनाउँदै बास्कोटाले चुनावी दाबी र अनुमानले वास्तविक परिणाम नदेखाउने उल्लेख गरेका छन्।
“चुनाव जित्ने दाबी र सिट आँकलन सुन्दा–पढ्दा कोही पनि दोस्रो हुँदैन। सबैले जितेको मात्र होइन, एकल सरकार नै बनाइसकेको देखियो,” उनले लेखेका छन्।
उनले अन्ततः निर्णायक भूमिका मतदाताको हुने स्पष्ट पार्दै वास्तविक परिणाम मतदानपछि मात्र सार्वजनिक हुने बताए।
“खास कुरो त मतदाताको मनमा के छ भन्ने हो। परिणामले सबै कुरा प्रस्ट पार्छ,” बास्कोटाले उल्लेख गरेका छन्।
होहल्ला, झुटा दाबी र आरोप–प्रत्यारोप चुनावी प्रक्रियामा सामान्य भएको उल्लेख गर्दै उनले यस्ता गतिविधि नेपालमा मात्र होइन, युरोप र अमेरिकाजस्ता देशहरूमा समेत देखिने बताएका छन्।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

YOU MAY ALSO LIKE

Jayjanatatv

Jayjanatatv

0
Would love your thoughts, please comment.x
()
x