सोमवार, जेष्ठ ११, २०८३
Monday, May 25, 2026

एमाले सचिवालय बैठक सोमबार बस्ने, आजको बैठक स्थगित

  • 6
  •  
  •  
  •  
  •  
  •  
  •  
    6
    Shares

शनिबार २ जेठ २०८३
काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) को आज बस्ने तय भएको केन्द्रीय सचिवालय बैठक आगामी सोमबारका लागि सारिएको छ ।
एमाले केन्द्रीय कार्यालयका सचिव डा भीष्म अधिकारी का अनुसार सोमबार पार्टी अध्यक्ष केपी शर्मा ओली निवास गुन्डुमा सचिवालय बैठक बस्नेछ ।
उनले आइतबार मनाइने मदन–आश्रित स्मृति दिवस को तयारी गर्नुपर्ने भएकाले आजका लागि तय गरिएको बैठक स्थगित गरिएको जानकारी दिए ।
बैठकमा पार्टीभित्रको कार्यविभाजन, समसामयिक राजनीतिक विषय तथा फागुन २१ गते सम्पन्न निर्वाचनको समीक्षा गर्ने एजेन्डा रहेको बताइएको छ ।
निर्वाचनमा अपेक्षाअनुसार परिणाम आउन नसकेको भन्दै पार्टीभित्र नेतृत्वले त्यसको जिम्मेवारी लिनुपर्ने आवाजसमेत उठ्दै आएको छ ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

YOU MAY ALSO LIKE

Jayjanatatv

Jayjanatatv

0
Would love your thoughts, please comment.x
()
x