सोमवार, जेष्ठ ११, २०८३
Monday, May 25, 2026

आजदेखि संघीय संसद्को बजेट अधिवेशन सुरु

  • 2
  •  
  •  
  •  
  •  
  •  
  •  
    2
    Shares

सोमबार २८ बैशाख २०८३
काठमाडौ / संघीय संसद्को बजेट अधिवेशन आजदेखि सुरु हुँदैछ। संसद्का महासचिव पद्यप्रसाद पाण्डेका अनुसार आज अपराह्न ४ बजे संघीय संसद्को संयुक्त बैठक बस्नेछ।
आजको बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको संविधानको धारा ९५ बमोजिम सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यसूची रहेको छ।
नीति तथा कार्यक्रम प्रस्तुतिका लागि सांसदहरूलाई दिउँसो ३ः४५ बजेसम्म सिंहदरबार स्थित प्रतिनिधिसभा कक्ष (बहुउद्देश्यीय भवन) मा उपस्थित हुन आग्रह गरिएको छ।
सरकारले प्रस्तुत गर्ने नीति तथा कार्यक्रम आगामी आर्थिक वर्षको बजेट, विकास प्राथमिकता, आर्थिक नीति तथा सरकारी योजनाको आधार दस्तावेजका रूपमा हेरिने भएकाले यस अधिवेशनलाई विशेष महत्वका साथ हेरिएको छ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

YOU MAY ALSO LIKE

Jayjanatatv

Jayjanatatv

0
Would love your thoughts, please comment.x
()
x