सोमवार, जेष्ठ ११, २०८३
Monday, May 25, 2026

राप्रपा केन्द्रीय कार्यसम्पादन समितिको बैठक जेठ १ गते

  • 7
  •  
  •  
  •  
  •  
  •  
  •  
    7
    Shares

आइतबार २७ बैशाख २०८३

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी ले केन्द्रीय कार्यसम्पादन समितिको बैठक आह्वान गरेको छ । बैठक जेठ १ गते शुक्रबार बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा बस्ने तय भएको पार्टीका प्रवक्ता तथा प्रचार विभाग प्रमुख मोहनकुमार श्रेष्ठ ले जानकारी दिएका छन् ।
उनका अनुसार बैठकमा निर्वाचनपछिको परिवर्तित राजनीतिक सन्दर्भमा पार्टीको रणनीति, सातै प्रदेशको समीक्षाबाट प्राप्त सुझाव तथा केन्द्रीय समितिको बैठक तय गर्ने विषयमा छलफल हुनेछ ।
त्यसैगरी पार्टीभित्रको आन्तरिक राजनीतिक घटनाक्रम र समसामयिक राष्ट्रिय राजनीतिक परिस्थितिबारे पनि बैठकमा व्यापक छलफल गरिने बताइएको छ ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

YOU MAY ALSO LIKE

Jayjanatatv

Jayjanatatv

0
Would love your thoughts, please comment.x
()
x