थारू उद्यमी तथा व्यवसायीहरूको विशेष भेला काठमाडौंमा हुने

काठमाडौं । राजधानीमा रहेका थारू समुदायका उद्यमी तथा व्यवसायीहरूबीच आपसी सम्बन्ध विस्तार र व्यावसायिक सहकार्यका लागि एक विशेष भेटघाट तथा भेला आयोजना हुने भएको छ।
थारू कल्याणकारिणी सभा (थाकस), केन्द्रीय कार्यालयको आयोजनामा आगामी बैशाख २६ गते शनिबारका दिन काठमाडौंको बौद्धमा उक्त कार्यक्रम हुन लागेको हो। “एकता, सहयोग र समृद्धिका लागि हातेमालो” भन्ने नाराका साथ आयोजना हुन लागेको यस कार्यक्रमले विभिन्न क्षेत्रका व्यवसायमा आबद्ध थारू व्यक्तित्वहरूलाई एउटै मञ्चमा ल्याउने लक्ष्य राखेको छ।
कार्यक्रमको विस्तृत विवरण:
- मिति: २०८३ साल बैशाख २६ गते, शनिबार
- समय: बिहान ११:०० बजे
- स्थान: बरघर रेस्टुरेन्ट, टुसाल, बौद्ध (कुमारी गल्ली, मिसन पब्लिक स्कुल नजिकै), काठमाडौं
- आयोजक: थारू कल्याणकारिणी सभा, केन्द्रीय कार्यालय
भेलाको मुख्य उद्देश्य
आयोजकका अनुसार, यो भेला विशेषगरी विभिन्न व्यवसाय र उद्यममा संलग्न थारू समुदायका व्यक्तिहरूबीच परिचय गर्ने, व्यावसायिक अनुभवहरू साटासाट गर्ने र भविष्यमा आइपर्ने चुनौतीहरूको सामना गर्न सामूहिक रूपमा कसरी अगाडि बढ्न सकिन्छ भन्ने विषयमा केन्द्रित रहनेछ।
उद्यमी र व्यवसायीहरूबीचको यो घनिभूत छलफलले थारू समुदायको आर्थिक उत्थान र व्यावसायिक सञ्जाल (Networking) लाई थप मजबुत बनाउने विश्वास लिइएको छ। आयोजकले सम्पूर्ण सम्बन्धित उद्यमी तथा व्यवसायीहरूलाई निर्धारित समय र स्थानमा उपस्थित भई कार्यक्रम सफल पारिदिन हार्दिक निमन्त्रणा समेत गरेको छ।
थप जानकारीका लागि सम्पर्क:
९८५१०८११४०, ९८४१९८१७५४
RELATED NEWS ARTICLES






WRITE COMMENTS FOR THIS ARTICLE