सोमवार, जेष्ठ ११, २०८३
Monday, May 25, 2026

“देश हल्लाले होइन, सल्लाहले बन्छ” : तेज नारायण चौधरी

  • 124
  •  
  •  
  •  
  •  
  •  
  •  
    124
    Shares

शुक्रबार ८ फागुन २०८२
सप्तरी / आम जनता पार्टी (आजपा) का केन्द्रीय नेता, स्थायी समिति सदस्य तथा आम ट्रेड युनियनका महासचिव तेज नारायण चौधरीले देशको विकास र समृद्धिका लागि खोक्रा राजनीतिक भाषणभन्दा ठोस कार्ययोजना र जनजीविकाका मुद्दा प्राथमिक हुनुपर्ने बताउनुभएको छ।
सप्तरी निर्वाचन क्षेत्र नम्बर–४ लक्षित उहाँको नयाँ अवधारणाले यतिबेला स्थानीयस्तरमा उल्लेख्य चर्चा पाएको छ।
“देश हल्लाले बन्दैन, सल्लाहले बन्छ; पेट भाषणले चल्दैन, रासनले चल्छ” भन्ने मूल नारासहित नेता चौधरी अहिले जनताको घरदैलो अभियानमा सक्रिय हुनुहुन्छ। उहाँले राजनीतिलाई गफ र भाषणमै सीमित राख्ने परम्पराको अन्त्य आवश्यक रहेको उल्लेख गर्दै अब ‘आम जनताको सरकार’ मार्फत व्यावहारिक परिवर्तनको समय आएको धारणा राख्नुभयो।
मुख्य एजेन्डाहरू
१. व्यावहारिक राजनीति
जनतालाई आश्वासन मात्र नभई चुल्हो बल्ने आधार—रासन, रोजगारी र आधारभूत सेवाको सुनिश्चितता हुनुपर्नेमा जोड।
२. सामूहिक नेतृत्व र सल्लाहको राजनीति
देश विकासका लागि एकल निर्णयभन्दा सामूहिक ‘सल्लाह’ र सहकार्य अपरिहार्य रहेको धारणा।
३. सप्तरी–४ को लक्षित विकास योजना
सप्तरी क्षेत्र नम्बर–४ मा जनताको प्रत्यक्ष सहभागिता र प्रभावकारी सेवा प्रवाह सुनिश्चित गर्ने प्रतिबद्धता।
नेता चौधरीले भन्नुभयो,
“वर्षौँदेखि जनताले ठूला–ठूला भाषण मात्र सुने, तर जीवनस्तरमा अपेक्षित परिवर्तन आएन। अब त्यस्तो शासन चाहिन्छ, जहाँ आम जनताले अपनत्व महसुस गरून् र उनीहरूको आधारभूत आवश्यकता पूरा होस्।”
मधेस प्रदेशमा संगठन विस्तार गरिरहेको आम जनता पार्टी ले सप्तरीमा चौधरीलाई प्रभावशाली र वैचारिक नेताका रूपमा अघि सारेको छ। उहाँको पछिल्लो अभिव्यक्तिलाई स्थानीय राजनीतिक वृत्तमा परम्परागत शैलीमाथि चुनौतीका रूपमा हेरिएको छ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

YOU MAY ALSO LIKE

Jayjanatatv

Jayjanatatv

0
Would love your thoughts, please comment.x
()
x