सोमवार, बैशाख २१, २०८३
Monday, May 4, 2026

लिपुलेकबारे नेपालको दाबी भारतद्वारा अस्वीकार

सोमबार २१ बैशाख २०८३
काठमाडौं / भारत सरकारले लिपुलेक पास र कैलाश मानसरोवर यात्रासम्बन्धी विषयमा नेपाल ले उठाएको सीमासम्बन्धी दाबीलाई अस्वीकार गरेको छ।
भारतीय विदेश मन्त्रालयका प्रवक्ता रणधीर जैसवाल ले शुक्रबार राति जारी गरेको विज्ञप्तिमा नेपालको दाबीलाई “अनुचित” र “ऐतिहासिक तथ्यमा आधारित नभएको” बताएका छन्।
नेपालले आइतबार सार्वजनिक गरेको धारणा प्रति प्रतिक्रिया दिँदै जैसवालले लिपुलेकबारे भारतको अडान स्पष्ट र सुसंगत रहेको दाबी गरे। उनका अनुसार लिपुलेक पास सन् १९५४ देखि नै कैलाश मानसरोवर यात्राका लागि प्रयोग हुँदै आएको पुरानो मार्ग हो र यसलाई नयाँ घटनाक्रमका रूपमा लिन नहुने उल्लेख गरिएको छ।
भारतले नेपालको ‘चुच्चे नक्सा’ मार्फत गरिएको लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्रको दाबीलाई “एकतर्फी” र “कृत्रिम विस्तार” भन्दै अस्वीकार गरेको छ। भारतको भनाइमा यी क्षेत्रमा नेपालको दाबी ऐतिहासिक प्रमाणले पुष्टि हुन नसक्ने भएकाले मान्य नहुने अडान दोहोर्याइएको छ।
यद्यपि, प्रवक्ता जैसवालले दुई देशबीचको सम्बन्धलाई ध्यानमा राख्दै सीमा विवाद समाधानका लागि संवादको ढोका खुला रहेको बताएका छन्।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

YOU MAY ALSO LIKE

Jayjanatatv

Jayjanatatv

0
Would love your thoughts, please comment.x
()
x