शुक्रबार, बैशाख १८, २०८३
Friday, May 1, 2026

विश्वकप लिग–२: आज यूएईसँग नेपाल भिड्दै

दोस्रो जितसहित अंकतालिकामा सुधार गर्ने लक्ष्य
  • 2
  •  
  •  
  •  
  •  
  •  
  •  
    2
    Shares

शुक्रबार १८ बैशाख २०८३
काठमाडौं / आईसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत त्रिकोणात्मक सिरिजमा आज नेपालले यूएईसँग प्रतिस्पर्धा गर्दैछ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदान मा बिहान ९:३० बजेदेखि खेल सुरु हुनेछ।
पहिलो खेलमा यूएईलाई ३७ रनले हराएको नेपाल आज लगातार दोस्रो जित निकाल्ने लक्ष्यमा रहेको छ। शीर्ष ६ मा स्थान सुरक्षित गर्दै एकदिवसीय मान्यता जोगाउन पनि नेपालका लागि यो खेल महत्वपूर्ण छ।
यसअघि ओमानसँग वर्षाले प्रभावित खेलमा नेपाल डीएलएस विधिबाट १०२ रनले पराजित भएको थियो।
जारी सिरिजमा नेपालको ब्याटिङ पक्ष कमजोर देखिएको छ। शीर्षक्रम चल्न नसक्दा टोली दबाबमा देखिएको छ भने बलिङले भने केही हदसम्म साथ दिएको छ।
अलराउन्डर दीपेन्द्रसिंह ऐरी ले निरन्तर राम्रो प्रदर्शन गर्दै टोलीलाई योगदान दिइरहेका छन्।
नेपाल आजको खेल जित्दै ४ अंक जोड्ने योजनामा छ भने यूएई पहिलो खेलको हारको बदला लिने तयारीमा छ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

YOU MAY ALSO LIKE

Jayjanatatv

Jayjanatatv

0
Would love your thoughts, please comment.x
()
x