शुक्रबार, चैत्र २०, २०८२
Friday, April 3, 2026

भोलिदेखि रसुवागढी नाका १५ दिनको लागि बन्द

  • 6
  •  
  •  
  •  
  •  
  •  
  •  
    6
    Shares

मङ्गलबार १७ चैत २०८२
काठमाडौं, चैत १७ — नेपाल–चीन जोड्ने प्रमुख व्यापारिक नाका रसुवागढी नाका भोलिदेखि १५ दिनका लागि बन्द हुने भएको छ।
गल्छी–त्रिशूली–मैलुङ–स्याफ्रुबेंसी–रसुवागढी सडक योजना कार्यालयका अनुसार स्याफ्रुबेंसी–रसुवागढी सडक खण्ड स्तरोन्नति गर्न लागिएकाले उक्त अवधिभर यातायात पूर्ण रूपमा बन्द गरिनेछ।
सडकका करिब १० स्थानमा रिटेनिङ वाल निर्माण गर्नुका साथै सडकलाई दुई लेनमा विस्तार गर्न काम थालिएको हो। गत असार २४ गते चीनतर्फबाट आएको बाढीका कारण क्षतिग्रस्त बनेको यो सडक हाल साँघुरो र जोखिमपूर्ण अवस्थामा रहेको छ।
आयोजनाका अनुसार भोलिदेखि सुरु हुने बन्द २ वैशाखसम्म जारी रहनेछ। साथै, आगामी तीन महिनासम्म प्रत्येक अंग्रेजी महिनाको १ देखि १५ गतेसम्म यो सडक खण्ड नियमित रूपमा बन्द गरिने जनाइएको छ।
उक्त १५.५ किलोमिटर सडक स्तरोन्नति कार्य चीन सरकारको करिब ६ अर्ब ५० करोड रुपैयाँ अनुदानमा चिनियाँ कम्पनी Sichuan Tianlu ले गरिरहेको छ।
नाका बन्द हुँदा नेपाल–चीन व्यापार तथा आवागमनमा अस्थायी असर पर्ने अपेक्षा गरिएको छ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

YOU MAY ALSO LIKE

Jayjanatatv

Jayjanatatv

0
Would love your thoughts, please comment.x
()
x