सोमवार, जेष्ठ ११, २०८३
Monday, May 25, 2026

हावाहुरी, असिनापानीले पीडित किसानलाई क्षतिपूर्ति दिन सरकारसंग प्रभु साहको माग

  • 3
  •  
  •  
  •  
  •  
  •  
  •  
    3
    Shares

 

काठमाडौं, ७ चैत ।
आम जनता पार्टी (आजपा) का अध्यक्ष एंव पूर्वमन्त्री प्रभु साहले निर्वाचन शान्तिपूर्ण रुपमा सम्पन्न भएको भनिएपनी प्रश्न उठेकाले यसको स्वच्छता, निष्पक्षता र पारदर्शिताको बारेमा छानबिन गर्नुपर्ने माग गरेका छन ।

काठमाडौंको कमलादी स्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा आज (शनिबार) बसेको केन्द्रिय कमिटीको बैठकलाई सम्बोधन गर्दै साहले यस्तो माग गरेका हुन ।

निर्वाचन आयोगदेखी सरकारको भुमिकामाथी प्रश्न उठाउदै उनले निर्वाचन अचारसंहिता उलंघन हुँदा समेत मौन बस्नु, एकपछिय प्रचार प्रती रोक्न नसक्नुले गम्भीर प्रश्न उठेको बताए ।

मिडियादेखि समाजिक संजालको निष्पक्षतामाथी समेत उनले प्रश्न उठाए । फेक आईडीको दुरुपयोग, मिडियाको एकपछिय प्रचार रोक्ननसक्नु निर्वाचन आयोग र सरकारको असफलता भएको टिप्पणी उनले गरे ।

यसैगरी मधेसी दलितको प्रतिनिधि सभामा एकजनाको पनि प्रतिनिधित्व नहुनु यो संबिधान र ब्यवस्थाकै असफलताको प्रमाण भएको बताए । जनसंख्या अनुसार २७५ सदस्यीय प्रतिनिधि सभामा एक जना पनि मधेसी दलित नहुनुले यसका लागि पार्टीले संघर्ष गर्ने बताए । मधेसी दलितको सहभागीता नहुनुको उनले निर्वाचन आयोगसँग जवाफ समेत माग गरेका छन् ।

हालै आएको हावाहुरी, असिनापानीले देशैभरी किसानको गहुँ, मकै, केरा खेतीका साथै आँप, लिची लगायतमा भएको क्षतिप्रती दुख व्यक्त गर्दै किसानहरूलाई क्षतिपूर्ति दिन सरकारसंग आजपा अध्यक्ष साहले माग गरेका छन् ।

प्रतिनिधि सभामा मधेसी दलितको सहभागिता शुन्य भएकोमा आज बसेको आजपाको बैठकले दुःख व्यक्त गर्दै हिजो आज परेको हावाहुरी र असिनापानीले पीडित किसानलाई तुरुन्त राहत स्वरूप क्षतिपूर्ति प्रदान गर्न बिशेष माग गरेकोछ । साथै भर्खर सम्पन्न आम निर्वाचनमा उठेका स्वच्छता, निष्पक्षता र पारदर्शिताको बारेमा छानबिन गर्नुपर्ने समेत माग गरेकोछ ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

YOU MAY ALSO LIKE

Jayjanatatv

Jayjanatatv

0
Would love your thoughts, please comment.x
()
x