निर्वाचनपछि पहिलोपटक आज सार्वजनिक सम्बोधन गर्दै प्रधानमन्त्री सुशीला कार्की

काठमाडौं । प्रतिनिधिसभा निर्वाचन सम्पन्न भएपछि प्रधानमन्त्री सुशीला कार्की ले पहिलोपटक आज सार्वजनिक सम्बोधन गर्ने भएकी छन्।
प्रधानमन्त्रीका प्रेस सल्लाहकार रामबहादुर रावल का अनुसार आज (मार्च ८) International Women’s Day को अवसरमा महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले आयोजना गर्ने कार्यक्रममा प्रधानमन्त्री कार्कीले सम्बोधन गर्ने कार्यक्रम रहेको छ।
रावलका अनुसार बिहान १० बजे Singha Durbar मा आयोजना हुने कार्यक्रममा प्रधानमन्त्री कार्की प्रमुख अतिथिका रूपमा सहभागी भई सम्बोधन गर्नेछिन्।
प्रतिनिधिसभा निर्वाचन सम्पन्न भएयता प्रधानमन्त्री कार्कीले सार्वजनिक रूपमा दिने यो पहिलो सम्बोधन हुने बताइएको छ।
RELATED NEWS ARTICLES






WRITE COMMENTS FOR THIS ARTICLE