सोमवार, जेष्ठ ११, २०८३
Monday, May 25, 2026

कास्की–१ मा ‘मोबाइल’ चिह्नसहित हर्क बहादुर थापा मैदानमा, भ्रष्टाचारविरुद्ध कडा एजेन्डा

  • 15
  •  
  •  
  •  
  •  
  •  
  •  
    15
    Shares

बिहीबार २९ माघ २०८२
पोखरा  / आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि कास्की निर्वाचन क्षेत्र नं. १ बाट हर्क बहादुर थापा (हरि) चुनावी मैदानमा उत्रिएका छन्। आम जनता पार्टीबाट उम्मेदवारी दिएका थापाले निर्वाचन आयोगले प्रदान गरेको ‘मोबाइल’ चुनाव चिह्न लिएर घरदैलो अभियान तीव्र पारेका छन्।
‘सबैको साथ, मोबाइल छाप’ भन्ने नारासहित मतदातामाझ पुगेका थापा भ्रष्टाचारविरुद्धको अभियानका कारण परिचित छन्।
भ्रष्टाचार नियन्त्रण मुख्य प्राथमिकता
थापाले आफ्नो प्रमुख चुनावी एजेन्डा सुशासन र भ्रष्टाचार नियन्त्रणलाई बनाएका छन्। उनले पोखरा र कास्की क्षेत्रमा भएका विभिन्न अनियमितताका घटनाहरू उठाउँदै दोषीलाई कानुनी दायरामा ल्याउन पहल गर्ने प्रतिबद्धता जनाएका छन्।
उनले विशेष रूपमा पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा भएको भनिएको अनियमितता, मणिपाल शिक्षण अस्पतालसँग सम्बन्धित कर विवाद तथा फोहोर व्यवस्थापन, फेवाताल अतिक्रमण तथा संरक्षणमा देखिएको लापरबाही, र गिट्टी–बालुवा उत्खननमा हुने अनियमितता जस्ता विषयलाई प्राथमिकतामा राखेका छन्।
आधारभूत सेवामा शुल्क नलाग्ने पहल
थापाले शिक्षा, स्वास्थ्य, बिजुली र खानेपानीजस्ता आधारभूत सेवामा कर वा अतिरिक्त शुल्क नलाग्ने नीतिगत पहल गर्ने घोषणा गरेका छन्। राज्यले जनताको आधारभूत आवश्यकतामा कर लगाउनु उपयुक्त नहुने उनको भनाइ छ।
क्षेत्रीय विकासमा जोड
कास्की–१ अन्तर्गत पर्ने मादी र रुपा गाउँपालिका तथा पोखरा महानगरपालिका वडा नं. १२, १३, १४ र २६ देखि ३२ सम्मका क्षेत्रमा समानुपातिक विकास गर्ने उनको योजना छ।
अलपत्र अवस्थामा रहेको बसपार्क निर्माण र गगनगौँडा पुल निर्माण कार्यलाई तीव्रता दिने विषयलाई पनि उनले प्राथमिकतामा राखेका छन्।
थापाले आफू व्यक्तिगत स्वार्थभन्दा माथि उठेर क्षेत्रको हकहितका लागि संघर्षरत रहेको दाबी गर्दै मतदातासँग ‘मोबाइल’ चिह्नमा मतदान गर्न अपिल गरेका छन्।
आम जनता पार्टीको तर्फबाट आएको यो उम्मेदवारीले कास्की–१ को चुनावी प्रतिस्पर्धा थप रोचक बन्ने संकेत देखिएको छ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

YOU MAY ALSO LIKE

Jayjanatatv

Jayjanatatv

0
Would love your thoughts, please comment.x
()
x