भक्तपुर–२ मा आजपा उम्मेदवार देवकुमारी साहको चुनावी छलफल तथा भेटघाट तीव्र
भक्तपुरको समग्र विकासका लागि स्पष्ट एजेन्डासहित मैदानमा उत्रिएकी साह

भक्तपुर, २५ माघ
आम जनता पार्टी (आजपा) की सचिवालय सदस्य तथा भक्तपुर–२ की प्रतिनिधिसभा उम्मेदवार देवकुमारी साहले आफ्नो चुनावी छलफल तथा भेटघाटलाई तीव्र बनाएकी छन्।
साहले भक्तपुरको बालकोट, गठाटार, ठिमी लगायतका विभिन्न स्थानमा आम मतदाता तथा पार्टीका नेता–कार्यकर्तासँग भेटघाट गर्दै मोबाइल चुनाव चिह्नमा मतदान गरी आजपाका उम्मेदवारलाई विजयी बनाउन आग्रह गरिरहेकी छन्।
आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनका लागि आजपाबाट भक्तपुर–२ मा उम्मेदवारी दिएकी साह सूर्यविनायक नगरपालिका वडा नं. २, बालकोट निवासी हुन्। उनी लामो समयदेखि समाजसेवा र महिला अधिकारको आन्दोलनमा सक्रिय रहँदै आएकी छन्।
‘भक्तपुर–२ का लागि हामीसँग बाचा होइन, स्पष्ट र कार्यान्वयनयोग्य एजेन्डा छ,’ साहले भनिन्, ‘स्वच्छ राजनीति, स्थानीय रोजगारी सिर्जना, शिक्षा र स्वास्थ्यमा ठोस काम गर्ने हाम्रो प्रतिबद्धता हो। भ्रष्टाचारप्रति शून्य सहनशीलता अपनाइनेछ, बजेट दुरुपयोग गर्नेहरूलाई कडा कानुनी कारबाही गरिनेछ।’
आम महिला मोर्चाको बागमती प्रदेश इन्चार्ज समेत रहेकी साहले भक्तपुरको समग्र विकाससँगै धार्मिक, सांस्कृतिक तथा ऐतिहासिक सम्पदाको संरक्षण र समृद्धिका लागि संघर्ष गर्दै आएको बताइन्।
पार्टीले उम्मेदवार घोषणा गरेयता उनी निरन्तर जनस्तरमा पुगेर मतदातासँग संवाद गरिरहेकी छन्। शिक्षा, स्वास्थ्य, यातायात, खानेपानीलगायत आधारभूत आवश्यकताका क्षेत्रमा प्रभावकारी पहल गर्ने प्रतिबद्धता व्यक्त गर्दै स्थानीयले साहप्रति सकारात्मक विश्वास व्यक्त गरेका छन्।

RELATED NEWS ARTICLES






WRITE COMMENTS FOR THIS ARTICLE