शनिबार, साउन २, २०८३
Saturday, July 18, 2026

जेन–जी विद्रोह’ प्रकरणमा दोषी जोसुकै भए पनि कठोर कारबाही हुनुपर्छ : मणिराम फुयाल

Spread the love

सोमबार ११ फागुन २०८२

काठमाडौं / काठमाडौं क्षेत्र नं.–२ का प्रतिनिधिसभा सदस्य उम्मेदवार मणिराम फुयालले भदौ २३/२४ गते भएको ‘जेन–जी विद्रोह’ प्रकरणमा संलग्न दोषी जोसुकै भए पनि कडा कारबाही हुनुपर्ने बताएका छन्।

चुनावको माहोलसङै घरदैलो कार्यक्रममा पत्रकारसङ्गको कुराकानीमा मणिराम फुयालले अनुहार नहेरी निष्पक्ष अनुसन्धान गर्नुपर्नेमा जोड दिँदै दोषी प्रमाणित भएमा कानुन संशोधन गरेर कडा सजाय दिनुपर्ने धारणा व्यक्त गरे। उनले भने, “दोषी जोसुकै होस्—चाहे केपी शर्मा ओली नै किन नहोस्—कानुनअनुसार कठोर कारबाही हुनुपर्छ।”
नेकपा (एमाले)का तर्फबाट उम्मेदवारी दिएका फुयालले कानून सबैका लागि समान हुनुपर्ने र राजनीतिक पहुँचका आधारमा कसैलाई उन्मुक्ति दिन नहुने बताए।
उनले राज्यले घटनाको निष्पक्ष छानबिन गरी सत्यतथ्य सार्वजनिक गर्नुपर्ने माग समेत गरेका छन्।

https://www.facebook.com/share/v/1GopdBJV2L/

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

YOU MAY ALSO LIKE

Jayjanatatv

Jayjanatatv

0
Would love your thoughts, please comment.x
()
x