आजको मौसम : देशभर आंशिक बदली, हिमाली क्षेत्रमा हिमपातको सम्भावना

काठमाडौं, माघ २० — नेपालमा पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभाव कायमै रहेकाले आज देशभर आंशिक बदली रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। तराईका केही स्थानमा हुस्सु तथा कुहिरो लागेको छ।
महाशाखाका अनुसार आज दिउँसो देशका हिमाली भागमा साधारणतया बदली रहनेछ। गण्डकी, कर्णाली, लुम्बिनी र सुदूरपश्चिम प्रदेशसहित अन्य प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रहनेछ भने बाँकी तराई क्षेत्रमा मौसम मुख्यतया सफा रहनेछ। उच्च पहाडी तथा हिमाली क्षेत्रका केही स्थानमा मध्यम हिमपात तथा वर्षाको सम्भावना रहेको छ।
त्यसैगरी आज राति पनि हिमाली भागमा साधारणतया बदली रहनेछ। गण्डकी, कर्णाली, लुम्बिनी र सुदूरपश्चिम प्रदेशसहित अन्य प्रदेशका पहाडी भागमा आंशिक बदली रहने र बाँकी तराई क्षेत्रमा मौसम सफा रहने महाशाखाले जनाएको छ। उच्च पहाडी तथा हिमाली क्षेत्रका केही स्थानमा हल्कादेखि मध्यम हिमपात र वर्षाको सम्भावना कायमै रहनेछ।
महाशाखाले तराई भू–भागमा हुस्सु तथा कुहिरोको प्रभाव रहने तथा हिमाली क्षेत्रमा हिमपातका कारण चिसो बढ्ने जनाएको छ। यसले दैनिक जनजीवन, स्वास्थ्य, पर्यटन, पदयात्रा तथा हवाई र सडक यातायातमा असर पार्न सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन अनुरोध गरिएको छ।
RELATED NEWS ARTICLES






WRITE COMMENTS FOR THIS ARTICLE