आगामी वैशाख १७ गतेका लागि संघीय संसद्को अधिवेशन आह्वान

बुधबार ९ वैशाख २०८३
काठमाडौ / राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद्का दुवै सदनको अधिवेशन आह्वान गर्नुभएको छ । मन्त्रिपरिषद्को सिफारिसमा नेपालको संविधान बमोजिम राष्ट्रपति पौडेलले आगामी वैशाख १७ गतेका लागि संसद् बैठक आह्वान गर्नुभएको हो ।
राष्ट्रपति कार्यालयका अनुसार संसद्का दुवै सदन (प्रतिनिधि सभा र राष्ट्रिय सभा) को बैठक आगामी बिहीबार दिउँसो २:०० बजे नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा बस्ने तय भएको छ ।
यस अधिवेशनलाई मुख्यतया बजेट अधिवेशनका रूपमा लिइएको छ । संसद्को यस बैठकमा आगामी आर्थिक वर्षका लागि सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने र बजेटका प्राथमिकताहरूका बारेमा छलफल हुने कार्यसूची रहने सम्भावना छ ।
संसद्को हिउँदे अधिवेशन अन्त्य भएको केही समयपछि सरकारले वर्षे अधिवेशनको तयारी स्वरूप यो आह्वान गरेको हो ।
RELATED NEWS ARTICLES






WRITE COMMENTS FOR THIS ARTICLE