बालेन शाहको घरको गेट तोडफोड, चोरीको आशंका

शनिबार १७ माघ २०८२
काठमाडौं / राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) को काठमाडौंस्थित निजी निवासको गेटमा तोडफोड भएको छ।
प्रहरीका अनुसार शुक्रबार राति अज्ञात समूहले घरको गेटमा लगाइएको ग्रिल फुटाएका हुन्। प्रहरी परिसर काठमाडौंका डीएसपी कौशल बुढाथोकीले गेट फुटाइएको जानकारी दिँदै चोरीको प्रयास हुन सक्ने आशंकामा अनुसन्धान अघि बढाइएको बताए।
घटनाको समयमा बालेन शाह चुनावी प्रचारका सिलसिलामा कर्णाली प्रदेशमा रहेका थिए। घरभित्र को–को थिए, कुनै सामान चोरी भयो वा भएन भन्ने विषयमा प्रहरीले थप विवरण संकलन गरिरहेको जनाएको छ।
घटनामा संलग्न व्यक्तिहरूको पहिचान र उद्देश्य पत्ता लगाउन प्रहरीले आसपासका सीसीटीभी फुटेज र अन्य प्रमाणहरू संकलन गरी अनुसन्धान तीव्र पारेको छ।
RELATED NEWS ARTICLES






WRITE COMMENTS FOR THIS ARTICLE