शनिबार, माघ १८, २०८२
Saturday, January 31, 2026

एमाले र प्रगतिशील लोकतान्त्रिक पार्टीबीच तीन बुँदे सहमति

  • 5
  •  
  •  
  •  
  •  
  •  
  •  
    5
    Shares
काठमाडौ / नेकपा एमाले र  प्रगतिशील लोकतान्त्रिक पार्टीबीच तीन बुँदे सहमति भएको छ । एमाले उपाध्यक्ष रामबहादुर थापा बादल र प्रगतिशील लोकतान्त्रिक पार्टीका अध्यक्ष दुर्गा सोवले रुकुमपूर्व, रुकुम पश्चिम र कर्णालीका हुम्ला जुम्ला बाहेकका जिल्लामा आसन्न प्रतिनिधि सभा निर्वाचनमा सहकार्य गर्ने गरी तीन बुँदे सहमतिमा हस्ताक्षर गरेका छन् ।

सहमति अनुसार प्रगतिशील लोकतान्त्रिक पार्टी पश्चिम रुकुममा उम्मेदवार जनार्दन शर्मा र पूर्वी रुकुमका उम्मेदवार सन्दीप पुनको पक्षमा आँखा चिन्हमा एमालेले मतदान गर्ने उल्लेख छ ।

त्यस्तै कर्णाली प्रदेशका हुम्ला र जुम्ला बाहेकका जिला र पुरानो राप्ती अञ्चलका जिल्लामा नेकपा एमालेका उम्मेदवारको पक्षमा सूर्य चिन्हमा प्रगतिशील लोकतान्त्रिक पार्टीले मतदान गर्ने सहमति भएको हो ।

दुवै पार्टीले सहमतिलाई पार्टी पंत्तिमा कार्यान्वयन गर्ने समझदारी भएको छ ।  source nagariknews

No description available.

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
Jayjanatatv

Jayjanatatv

0
Would love your thoughts, please comment.x
()
x