शुक्रबार, मंसिर २०, २०८२
Friday, December 5, 2025

एमाले हात्तिको बथान हो, नाङ्लो ठटाएर कोही तर्सिनेवाला छैन : प्रधानमन्त्री ओली

  • 136
  •  
  •  
  •  
  •  
  •  
  •  
    136
    Shares

 

शुक्रबार ७ मङ्सिर २०८१

काठमाडौ /प्रधानमन्त्री केपी शर्मा ओलीले एमालेलाई नाङ्लो ठटाएर तर्साउने सपना नदेख्न चेतावनी दिएका छन् । नेकपा एमालेले काठमाडौंमा गरेको जागरण जनसभालाई सम्बोधन गर्दै ओलीले एमाले सीतिमिती धाकधम्कीले तर्सिने पार्टी नभएको जिकिर गरेका हुन् । ‘केही मान्छेहरु हात्तिको बथानमा गएर नाङ्लो ढ्याङ्ढ्याङ पारेर हात्ति तर्साउन खोजिरहेका छन् । एमाले भनेको हात्तिको बथानजस्तो हो । यहाँ नाङ्लो ठटाएर कोही तर्सिनेवाला छैनन्,’– उनले भने ।

साथै, उनले बाहिर फैलाइएको अफवाहको कुनै प्रवाह नगरी लगानी गर्न पनि आग्रह गरे । केही तत्वहरुकाले फैलाएको अफवाहको कुनै औचित्य नै नरहेको उनको भनाइ छ । आन्तरिक तथा बाह्य लगानीकर्ताहरुलाई उनले ढुक्क भएर लगानी गर्न आग्रह गरे ।

नेकपा एमाले काठमाडौं जिल्ला कमिटीका अध्यक्ष दीपक निरौलाको अध्यक्षता तथा नेकपा एमालेका अध्यक्ष प्रधानमन्त्री केपी शर्मा ओलीको प्रमुख आतिथ्यता रहेको सो कार्यक्रममा पार्टीका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्षहरू रामबहादुर थापा बादल, सुरेन्द्र पाण्डे, महासचिव शंकर पोखरेल, उपमहासचिहरु प्रदीप ज्ञवाली, पृथ्वीसुब्बा गुरुङ, विष्णु रिमाल, पार्टीका सचिवहरू, अनुशासन आयोग, अनुशासन आयोग, निर्वाचन आयोग, केन्द्रीय सल्लाहकार अध्यक्ष, स्थायी कमिटी सदस्यहरू, पोलिटब्युरो सदस्यहरू, केन्द्रीय सदस्यहरू, जनसंगठनका प्रमुखहरू लगायतको सहभागिता रहेको थियो।

जागरण सभालाई प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओली र महासचिव शंकर पोख्रेलले सम्बोधन गरेका थिए । जागरण सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले एमालेविरुद्ध दुस्प्रचार भइरहेको भन्दै बचाउ गरेका थिए ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
Jayjanatatv

Jayjanatatv

0
Would love your thoughts, please comment.x
()
x