फरक विचारको कारण दुर्व्यवहार गर्नु गलत :महामन्त्री थापा

बुधबार २३ पुस २०८२
काठमाडौं / नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिमाथि मंगलबार भएको दुर्व्यवहारको घटनाप्रति महामन्त्री गगन थापाले खेद प्रकट गरेका छन्।
सामाजिक सञ्जालमा आफ्नो धारणा राख्दै उनले उक्त कार्य गलत र प्रजातान्त्रिक मूल्य मान्यता विपरित रहेको बताएका छन्। महामन्त्री थापाले एक असल प्रजातन्त्रवादीले सधैं विचारको विविधतालाई सम्मान गर्नुपर्नेमा जोड दिएका छन्।
असल प्रजातन्त्रवादीले सत्यको अनेकतामा विश्वास गर्छ र फरक मत राख्नेको सम्मान गर्छ। तर फरक मत राखेकै कारण दुव्र्यवहार भएको हो भने उक्त घटना झन बढी निन्दनीय रहेको बताएका छन् ।
उनले परिवर्तनका लागि अराजकता नभई विधि, विधान र स्थापित प्रक्रिया नै एकमात्र बाटो भएको स्पष्ट पारेका छन्।
RELATED NEWS ARTICLES






WRITE COMMENTS FOR THIS ARTICLE