शनिबार, माघ १८, २०८२
Saturday, January 31, 2026

  सञ्चारमन्त्री खरेल र कांग्रेस सभापति देउवाबीच निर्वाचनबारे छलफल

  • 15
  •  
  •  
  •  
  •  
  •  
  •  
    15
    Shares

शुक्रबार ११ पुस २०८२
काठमाडौँ / वर्तमान सरकार निर्वाचनको वातावरण बनाउन क्रियाशील छ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनको वातावरण बनाउने सन्दर्भमा सरकारले प्रमुख तीन दलका शीर्ष नेतासँग सघन रुपमा छलफल सुरु गरेको छ ।
आज सरकार प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग उनको महाराजगञ्जस्थित निवासमा छलफल गरिरहेका छन् ।

मन्त्री खरेलको सचिवालयका अनुसार आजै उनले नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओली र नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग बेग्लाबेग्लै छलफल गर्ने कार्यक्रम छ । रासस

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
Jayjanatatv

Jayjanatatv

0
Would love your thoughts, please comment.x
()
x