काँग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्दै

बुधबार ९ पुस २०८२
काठमाडौ / नेपाली काँग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्दैछ ।लबैठक दिउँसो १ बजे केन्द्रीय कार्यालय सानेपामा बस्न लागेको हो ।
बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी एवं सदस्यहरूलाई पनि बोलाइएको छ ।
बैठकमा १५ औँ महाधिवेशनको कार्यतालिका, आसन्न प्रतिनिधि सभा निर्वाचन लगायतका विषयमा छलफल हुने बताइएको छ ।
काँग्रेसको गत केन्द्रीय कार्यसमिति बैठकले पुस २६ गतेदेखि २८ गतेसम्म १५औँ महाधिवेशन गर्ने निर्णय गरेको थियो । तर, क्रियाशील सदस्यता नटुंगेको लगायतका कारण कार्यतालिका प्रभावित भएपछि हेरफेरको तयारी गरिएको छ ।
RELATED NEWS ARTICLES






WRITE COMMENTS FOR THIS ARTICLE