शनिबार, माघ १८, २०८२
Saturday, January 31, 2026

नागढुङ्गा–मुग्लिन सडक चाँडो निर्माण गर्न मन्त्री घिसिङको निर्देशन

  • 9
  •  
  •  
  •  
  •  
  •  
  •  
    9
    Shares

काठमाडौ / ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात तथा शहरी विकासमन्त्री कुलमान घिसिङले नागढुङ्गा–मुग्लिन सडक चाँडो सक्न निर्देशन दिएका छन् । निर्माणाधीन सडकको आइतबार साँझ अनुगमन गर्दै घिसिङले समयमै निर्माण सक्ने गरी कामको मोडालिटी बनाउनु सुझाएका छन् ।

अनुगमनका क्रममा मन्त्री घिसिङले सडक निर्माण कार्य अपेक्षित गतिमा अघि नबढेको उल्लेख गर्दै निर्माणलाई तीव्र बनाउन कामदारको संख्या तत्काल बढाउन निर्देशन दिए । समयमै आयोजना सम्पन्न गर्न रातको समयमा समेत काम सञ्चालन गर्न सम्बन्धित निकायलाई उनले र्देशन दिएका छन् ।

सडक विस्तार तथा स्तरोन्नतिमा अवरोध सिर्जना गरिरहेका विद्युतिय पोलहरू तत्काल हटाउन र आवश्यक समन्वयमार्फत समस्या समाधान गर्नसमेत मन्त्री घिसिङले निर्देशन दिए । उनले आयोजना ढिलाइ हुँदा सर्वसाधारणले भोग्नुपरेको सास्तीप्रति सरकार संवेदनशील रहेको भन्दै गुणस्तर कायम राख्दै तोकिएको समयभित्रै काम सम्पन्न गर्न जोड दिए ।

मन्त्री घिसिङले निर्माण कम्पनी, आयोजना व्यवस्थापन टोली र सरोकारवाला निकायहरूबीच प्रभावकारी समन्वय आवश्यक रहेको उल्लेख गर्दै ढिलासुस्ती सह्य नहुने चेतावनी दिए ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
Jayjanatatv

Jayjanatatv

0
Would love your thoughts, please comment.x
()
x