शनिबार, साउन २, २०८३
Saturday, July 18, 2026

महेश बस्नेतजी, ‘तपाईहरु जस्तो लुट–भ्रष्टाचार र हत्या–आतंक हाम्रो पेशा होइन’: बिकेश साह

Spread the love

बिहीबार ११ मंसिर २०८२

काठमाडौं / कमन जेन–जी नेपालका अध्यक्ष विकेश साहले नेकपा (एमाले) नेता महेश बस्नेतलाई ‘तपाईहरु जस्तो लुट–भ्रष्टाचार र हत्या–आतंक’ आफूहरुको पेशा नभएको भन्दै कडा चुनौती दिएका छन् ।

जेनजीहरुले शान्तिपूर्ण आन्दोलन मार्फत देशमा बदलाव चाहेको जनाउदै जेनजी नेता साहले बस्नेत जस्तो आफूहरुले षडयन्त्र गर्न नजानेको जनाएका छन् ।

‘महेश बस्नेतजी, तपाईहरू जस्तो लुट–भ्रष्टाचार र हत्या–आतंक हाम्रो पेशा होईन । न हामी षड्यन्त्र गर्न जानेका छौ, न त रातलाई दिन बनाउन बुझेका छौ । हामी जेनजीहरू त शान्तिपूर्ण आन्दोलन मार्फÞत देशमा बदलाव चाहेकाछौ,’ कमन जेन–जी नेपालका अध्यक्ष साहले सामाजिक सञ्जालमा लेखेका छन् ।

एमाले नेता बस्नेतले सामाजिक सञ्जालमार्फत साह सर्वोच्च अदालत, सिंहदबार, एमाले मुख्यालय जलाउनमा पनि संलग्न रहेको आरोप भएको भन्दै लेखेपछि अध्यक्ष साहले त्यसको कडा जवाफ दिदै सो आरोप पुष्टि गर्न चुनौति दिदै पुष्टि गर्न नसके माफी माग्नुपर्ने जनाएका छन् ।

‘जहाँसम्म तपाईको तोड़फोड़ र आगजनीको आरोप छ । म यस्तो आपराधिक क्रियाकलापमा बिश्वास गर्दिन । मेरो चुनौति छ तपाईलाई, आजको सीसी क्यामरा र विडियोको युगमा भ्रमको राजनीतिक हैन तथ्यले पुष्टि गरेर देखाउनु । यदि पुष्टि नभए माफी माग्ने नैतिक हैसियत पनि राखनुस । यस्तो आधारहीन झूठ आरोप पनि अपराध नै हो, यसको पनि हेक्का पक्कै होला,’ साहले लेखेका छन् ।

यसअघि एमाले नेता बस्नेतले सामाजिक सञ्जालमा लेखेका छन, ‘प्रभु साहका छोरा विकेश साहलाई भाद्र २३ र २४ गतेको घटनामा आगजनी, तोडफोड र हिंसात्मक गतिविधिहरूमा संलग्न भएको आरोपछ । सर्वोच्च अदालत आगो लाउन, सिहदरबार जलाउन र एमाले मुख्यालय जलाउन पनि यिनको संलग्न रहेको आरोप छ ।’

साहले आधारहीन झूठ आरोप लगाउनु पनि अपराध नै नभएको भन्दै बस्नेतलाई त्यसलाई पुष्टि गर्न नसके माफी माग्ने नैतिक हैसियत राख्नुपर्ने चुनौती दिएका छन् । बस्नेत र साहका बीचमा सामाजिक सञ्जालमा यस्तै आरोप–प्रत्यारोप र चर्काचर्की चलिरहेको छ ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

YOU MAY ALSO LIKE

Jayjanatatv

Jayjanatatv

0
Would love your thoughts, please comment.x
()
x