शुक्रबार, मंसिर २०, २०८२
Friday, December 5, 2025

एमालेले देशमा पुनः द्धन्द्ध र मेठभेड गराउन खोजेको छ : आजपा

  • 5
  •  
  •  
  •  
  •  
  •  
  •  
    5
    Shares

कलैया, ४ मंसिर ।
आम जनता पार्टी (आजपा)ले बाराको सिमरामा जेनजी युवामाथि गरिएको संघातिक आक्रमणको भत्र्सना गरेको छ । एमाले गुण्डाहरुद्धारा गरिएको संघातिक आक्रमणको विरोध गर्दै आजपाले संलग्न अपराधीलाई कारबाही गर्न माग गरेको छ ।

आजपा मधेस प्रदेश कमिटीका अध्यक्ष उमेश कुशवाहाले आज विज्ञप्ती जारी गर्दै एमालेले देशमा पुनः द्धन्द्ध र मुठभेड गराउन खोजेको गम्भिर आरोप लगाएका छन् ।

‘सिमरामा एमालेका गुण्डाहरुद्वारा जेनजीहरुमाथी गरिएको सांघातिक आक्रमण निन्दनीय छ । एमाले पार्टीले देशमा पुनः द्वन्द र मुठभेड़ गराउन लगातार अवांछित गतिविधि गर्दै आएको कुरा सर्वविदित नै छ । सोही क्रममा हिजो बाराको परवानीपुरमा कथित युवाको कार्यक्रम आयोजना गरेको थियो । जसमा नेताहरूले आफनो गलतीलाई स्वीकार्नू सट्टा युवालाई होच्याउने, तर्साउने र उत्तेजित बनाउने खालका जुन अभिव्यक्ति व्यक्त गरेकाछन, त्यो गम्भीर अपराध हो,’ कुशवाहाले जारी गरेको विज्ञप्तीमा उल्लेख गरिएको छ ।

साथै गैरजिम्मेवार अभिव्यक्ति नदिन सुझाव दिदै द्धन्द्ध र मुठभेड निम्त्याउने गतिविधि, अभिव्यक्ति नदिन सबैमा आजपाले आग्रह गरेको छ । ‘गÞैरजिम्मेवार अभिव्यक्त दिनें नेतालाई सचेत गराउन चाहन्छु साथै सिमरामा जेनजीमाथी भएको सांघातिक आक्रमणको भत्र्सना गर्दछु । सिमरामा भएको यस घटनामा प्रत्यक्ष÷अप्रत्यक्ष संलग्न अपराधीहरूलाई तुरुन्त गिरफ्तार गरि कारवाही गर्न सरकारसंग जोड़दार माग गर्दछु,’ विज्ञप्तीमा उल्लेख गरिएको छ ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
Jayjanatatv

Jayjanatatv

0
Would love your thoughts, please comment.x
()
x