ट्रम्पद्वारा साउदी युवराजलाई भब्य स्वागत

दुवै नेताबीच एक खर्ब डलर बराबरको ठूलो आर्थिक तथा रक्षा सम्झौता भएको छ। यसमा नागरिक आणविक ऊर्जा सहकार्य र ४८ वटा एफ-३५ लडाकु विमान बिक्रीको सम्झौता मुख्य छन्। ट्रम्पले साउदीलाई ‘प्रमुख गैर-नेटो सहयोगी’ घोषणा गर्दै भने, ‘मलाई विश्वास छ कि दुवै देशले उच्च गुणस्तरका हतियार प्राप्त गर्नुपर्छ। हामी यो सम्झौतालाई अन्तिम रूप दिनेछौँ।’
साउदीले अमेरिकामा ६ सय अर्ब डलर लगानी गर्ने तयारी गरेको ह्वाइट हाउसले जनाएको छ। तर अमेरिकी सुरक्षा निकायहरूले एफ-३५ को अत्याधुनिक प्रविधि चीनले प्राप्त गर्न सक्ने भन्दै गम्भीर चिन्ता व्यक्त गरेका छन्। साउदी र चीनबीच पछिल्लो समय रक्षा सहकार्य र संयुक्त नौसेना अभ्यास भइसकेको छ।
यो भ्रमणले मध्यपूर्वको शक्ति सन्तुलनमा ठूलो परिवर्तन ल्याउने देखिएको छ।
स्रोत : एजेन्सी
RELATED NEWS ARTICLES






WRITE COMMENTS FOR THIS ARTICLE