पहाडी भूभागमा हल्का वर्षा र हिमपातको सम्भावना

बिहीबार २० कार्तिक २०८२
काठमाडौँ / पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभावका कारण नेपालका पहाडी भूभागमा आंशिक बदली र हल्का वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
महाशाखाका अनुसार हाल बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा छ।
आज दिउँसो देशका पहाडी भूभागमा आंशिक बदली रहने र कोशी, गण्डकी तथा कर्णाली प्रदेशका केही स्थानमा हल्का वर्षासहित हिमपात हुन सक्ने सम्भावना रहेको छ।
आज राति पनि कोशी र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रहने र बाँकी क्षेत्रमा मौसम सफा रहने महाशाखाले जनाएको छ।
RELATED NEWS ARTICLES






WRITE COMMENTS FOR THIS ARTICLE