शुक्रबार, बैशाख १२, २०८२
Friday, April 25, 2025

किरातेश्वर र कोटेश्वरको ढल्किएको लिंगलाई पुनः प्राण प्रतिष्ठा नगरिए राष्ट्र र सारा नेपालीको दुर्दशा : धर्म गुरु प्रकाश राइ

  • 14
  •  
  •  
  •  
  •  
  •  
  •  
    14
    Shares

 

सोमबार २४ भदौ २०८१

काठमाडौ / किरातेश्वर र कोटेश्वरको ढल्किएको लिंगलाई पुनः प्राण प्रतिष्ठा नगरिए नेपाल राष्ट्र र सारा नेपालीको दुर्दशा हुने धर्म गुरु प्रकाश राइले चेतावनी दिइएका छन ।

काठमाडौंको किरातेश्वर जोर्तिलिङ्ग तथा कोटेश्वर जोर्तिलिङ्गको ढल्किएको लिंगलाई सारा नेपाली एकीकृत भइ पुनः ठाडो बनाएर प्राण प्रतिष्ठा नगरिए नेपाल राष्ट्र र सारा नेपालीको दुर्दशा हुने भएकोले किरातेश्वर र कोटेश्वरको ढल्किएको लिंगलाई पुनः प्राण प्रतिष्ठा गरेर सारा नेपालीहरुको भाषा,धर्म, सस्कृती,सम्प्रदायको रक्षाको लागि देशैभर महा अभियान  थालिएको  यस धार्मिक महा अभियानका अभियन्ता सोम प्रकाश राईले बताए।यस धार्मिक महा अभियानमा हिन्दु,बौद्ध , किरात लगायतका गुरुहरुको उल्लेख्य सहभागिता रहेको छ।आजको शुरुवाती अभियानमा किरात धर्मका गुरु,माताहरुद्वारा किरातेश्वर महादेव मन्दिरमा बिशेष पुजा आज समेत गरिएको थियो।

धर्म गुरु सोम प्रकाश राइले राष्ट्र वचाउ तथा राष्ट्र बिकासको लागि किरातेश्वरबाट मेचिकाली अभियान शुरु गरेका छन् ।

देश अति दुर्गती घडिमा गुज्रिरहेको बेला देशको असल निकास कसरी गर्न सकिन्छ?भन्ने सवालमा तीन दशकको अध्यात्म ध्यानले दर्शन दिदा राष्ट्रको मुलधर्म मानिने किरात धर्म,बौद्ध धर्म र हिन्दु धर्मलाइ एकतामा राखेर समग्ररुपले अभियान चलाए मात्रै देशले निकास पाउने दर्शन प्राप्ती भएकोले आज सोमबार कै दिन शुरु गरिएको गुरु सोम प्रकाशके बताएका छन् ।

यि तीन धर्मलम्बिको संयुक्त पुजाआजा गरि अभियान शुरु गर्ने क्रममा उनले थप्दै सबै पक्षका मानिसहरु एक भै किरातेश्वर र कोटेश्वरको ज्योतिर्लिङलाई पुन:प्राणप्रतिष्ठा गरे मात्रै देशले निकास पाउने भएकोले देश मेचिकाली अभियानको थालनी गरेका हौं भने।

यस अभियानको मुल उद्देश्य समस्त मानवको एकता साथै विश्व शान्ति एकता रहेको छ।

त्यस्तै,अब अन्य धर्मलम्बिहरुलाइ पनि आग्रह गर्दै अभियानमा थपेर कल्याण मार्ग कोर्ने रहेको पनि बताए।

सम्पुर्ण नेपाल तथा नेपालीहरुको रक्षाको लागि नेपाल धार्मिक तथा सास्कृतिक स्वर्णिम  मेचीकाली अभियान किरातेश्वरबाट शुरु गरिएको छ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest


0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x
Jayjanatatv

Jayjanatatv