“अबको निकास भनेको नै नयाँ सरकार र नयाँ संविधान हो”:प्रभु साह

“अबको निकास भनेको नै नयाँ सरकार र नयाँ संविधान हो”:प्रभु साह
प्रभु साहले भने, `अहिलेको संकटको एकमात्र सही निकास लुटेरा भगौडाहरूको दलाल दलतन्त्रको अन्त्य, जनपक्षिय अन्तरिम सरकार र जननिर्वाचित संस्थाको सर्वोच्चतासहितको नयाँ संविधान´
काठमाडौं, २६ भदौ । आम जनता पार्टी (आजपा) का अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले अबको निकास भनेको नै नयाँ सरकार र नयाँ संविधान भएको बताएका छन् ।
उनले अहिलेको संकटको एकमात्र सही निकास “लुटेरा भगौडाहरूको दलाल दलतन्त्रको अन्त्य, जनपक्षिय अन्तरिम सरकार र जननिर्वाचित संस्थाको सर्वोच्चतासहितको नयाँ संविधान” आजको आवश्यकता भएको औंल्याएका छन् ।
उनले जेन जी पुस्ताको अगुवाईमा भएको जनआन्दोलनलाई नेतृत्वको फेस चेञ्जमा मात्र सिमिति गर्ने षड्यन्त्र भइरहेको भन्दै गुनासो पोखेका छन् । जेन जी आन्दोलनले चाहेको समग्र बदलाव हो भन्ने साहले जनाएका छन ।
आजपा अध्यक्ष साहले फेशबुकमा लेखेका छन्–
जेन जी पुस्ताको अगुवाइमा भएको जन आन्दोलनलाई नेतृत्वको फेस चेञ्जमा मात्र सिमित गर्ने षड्यन्त्र भइरहेको छ, जबकी आन्दोलनले चाहेको समग्र बदलाव होस लुट भ्रष्टाचारको अन्त्य र अवस्थामा सुधार हो । तपाई हामी सबैलाई थाहा छ, फैक्ट्री जस्तो हुन्छ उत्पादन त्यस्तै हुन्छ । अर्थात, गलत सिस्टम, संरचना र नेतृत्वका कारण देशको यो दुरगति भएको हो । भ्रष्टाचार केन्द्र सरकारमा मात्र हैन, अन्य ७६० सरकार अर्थात् प्रदेश र स्थानीय सरकारमा पनि भ्रष्टचार व्याप्त छन । यो सार्वभौम सत्यलाई स्वीकार्नुको सट्टा युवाहरुलाई ललिपप दिएर झुक्याउने जुन प्रयास भइरहेको छ, त्यो हामीलाई स्वीकार्य छैन । जेन जी भाई बहिनीहरुलाई भन्न चाहन्छु, सतहमा रमाउने हैन, समस्याको गहिराईमा पुगौ । समस्याको सामाधान सिर्फ नेतृत्वमा हैन, व्यवस्थामा खोजौ । नत्र तपाई हामीले गरेको जनक्रान्तिको औचित्य इतिहासमा पुष्टि गर्न गाह्रो हुनेछ । अहिलेको संकटको एक मात्र सही निकास “लुटेरा भगौड़ाहरूको दलाल दलतन्त्रको अन्त्य, जनपक्षिय अन्तिरिम सरकार र जननिर्वाचित संस्थाको सर्वोचता सहितको नया संविधान” आजको आवश्यकता हो । यसर्थ, सबैले भनौं `नया सरकार र नया संविधान´ धन्यवाद ।
RELATED NEWS ARTICLES






WRITE COMMENTS FOR THIS ARTICLE