आइतवार, साउन ३, २०८३
Sunday, July 19, 2026

आजको मौसम : यी प्रदेशमा भारी वर्षाको सम्भावना

Spread the love

आइतबार १ भदौ  २०८२

काठमाडौं / मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको दक्षिणतर्फ अवस्थित रहेकाले नेपालमा मनसुन केही कमजोर बनेको छ। साथै बंगालको खाडीबाट जलवाष्पयुक्त हावा भित्रने क्रम रहिरहेको जल तथा मौसम विज्ञान पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार आज दिउँसो देशभर साधारणतया बदली रहनेछ। मधेसलगायत कोशी र बागमती प्रदेशका तराई र पहाडी भूभाग तथा बाँकी प्रदेशका पहाडी भूभागका केही स्थान तथा बाँकी तराई भूभागका केही स्थानमा मध्यम वर्षाको सम्भावना छ। कोशी र बागमती प्रदेशका पहाडी भागका एकदुई स्थानमा भारी वर्षाको सम्भावना छ।

त्यसैगरी, आज राति कोशी, मधेस र सुदूरपश्चिम प्रदेशलगायत अन्य प्रदेशका पहाडी भागमा साधारणतया बदली रही बाँकी भागमा आंशिक बदली रहनेछ।

मधेसलगायत कोशी, गण्डकी र सुदूरपश्चिम प्रदेशको पहाडी तथा तराई भाग र अन्य प्रदेशका पहाडी भागका केही स्थान तथा तराई भागका एकदुई स्थानमा मध्यम वर्षाको सम्भावना छ। कोशी प्रदेशका तराई र पहाडी भागका एकदुई स्थानमा भारी वर्षाको सम्भावना छ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

YOU MAY ALSO LIKE

Jayjanatatv

Jayjanatatv

0
Would love your thoughts, please comment.x
()
x