शुक्रबार, मंसिर २०, २०८२
Friday, December 5, 2025

सुशीला कार्कीको सरकार टिक्दै टिक्दैन, यो सरकार डलरमा आएको हो: दुर्गा प्रसाई

  • 13
  •  
  •  
  •  
  •  
  •  
  •  
    13
    Shares

सोमबार २७ असोज २०८२

काठमाडौं / मेडिकल ब्यबसाय तथा  राष्ट्र, राष्ट्रियता, धर्म–संस्कृति र नागरिक बचाउ महाभियानका संयोजक दुर्गा प्रसाईं भारत भ्रमण सकेर आज स्वदेश फर्किएका छन् । उनले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारहरूसँग कुरा गर्दै सुशीला कार्कि सरकार नटिक्ने दाबी गरेका छन् ।

उनले भने,‘यो सरकार टिक्दै टिक्दैन, यो डलरमा आएको हो ।

उनले देशमा राजाको आवश्यकता अपरिहार्य रहेको दोहोर्याए । उनले भने,‘राजा भनेको सबैलाई जोडेर राख्ने हो, धर्म भनेको देशको संविधान जस्तै हो। हामीलाई यस्तो संविधान चाहिँदैन।’ प्रसाईंले यसअघि नै अहिलेको सरकार विदेशी एजेन्टहरुको भनेर कडा आरोप लगाईसकेका छन् । उनले देशको अस्तित्व रक्षाको लागि पनि राजा चाहिएको बताउने गरेका छन् ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
Jayjanatatv

Jayjanatatv

0
Would love your thoughts, please comment.x
()
x