सोमवार, जेष्ठ ११, २०८३
Monday, May 25, 2026

राष्ट्र शान्ति र पापमोचनका लागि पशुपतिमा ‘पञ्चव्य महापाप निवारण राष्ट्र–शान्ति महायज्ञ’ आयोजना हुने

  • 17
  •  
  •  
  •  
  •  
  •  
  •  
    17
    Shares

शनिबार २४ माघ २०८२
काठमाडौं / नेपालमा बढ्दो राजनीतिक अस्थिरता, सामाजिक विकृति, युवावर्गमा दिशाहीनता, अनैतिकता, हिंसा, भ्रष्टाचार तथा प्राकृतिक एवं आकस्मिक विपत्तिका कारण उत्पन्न संकट निवारण गर्ने उद्देश्यले ‘पञ्चव्य महापाप निवारण राष्ट्र–शान्ति महायज्ञ–२०८२’ आयोजना गरिने भएको छ।
श्रीनिवास सेवाश्रमद्वारा आयोजित उक्त महायज्ञ आगामी २०८२ साल माघ २४ गतेदेखि फागुन ३ गतेसम्म काठमाडौंस्थित पशुपति क्षेत्र, वनकालीमा सञ्चालन हुनेछ।
आयोजक समितिका अनुसार राष्ट्रमा बढ्दै गएको हत्या, बलात्कार, भ्रष्टाचार, राजदरबार तथा सार्वजनिक स्थानमा हुने हिंसा, गोहत्या, दिनदहाडै हुने सुत्केरी तथा क्रियापुत्री हत्या जस्ता घटनाले समाज गम्भीर संकटतर्फ उन्मुख भएको निष्कर्षसहित वैदिक विधिअनुसार राष्ट्र शान्तिको संकल्प लिइएको हो।


निमन्त्रणापत्रमा उल्लेख गरिएअनुसार जब मानव चेतनामा पञ्चव्य महापापको आवरण बाक्लिँदै जान्छ, तब राष्ट्रमा निरन्तर संकट देखा पर्ने शास्त्रीय मान्यता रहेको छ। श्रीमद्भागवत महापुराणको १२औं स्कन्धको चौथो अध्यायको १३औं श्लोकमा यस्ता समस्याको समाधान यज्ञमार्फत हुने स्पष्ट उल्लेख गरिएको जनाइएको छ।
महायज्ञ अवधिभर
वैदिक हवन
जप–साधना
श्रीमद्भागवत महापुराण पाठ
भजन–कीर्तन
शास्त्रीय प्रवचन
जस्ता धार्मिक तथा आध्यात्मिक कार्यक्रम सञ्चालन गरिनेछ।
आयोजक समितिले उक्त महायज्ञलाई राष्ट्रिय एकता, शान्ति र सद्भावको सशक्त सन्देशका रूपमा स्थापित गर्ने लक्ष्य लिएको जनाएको छ। सम्पूर्ण पापमोचनको कामनासहित उपस्थित भक्तजनलाई ५ मिनेट जलार्पण, यज्ञप्रसाद ग्रहण तथा धार्मिक अनुष्ठानमा सहभागिता जनाउन विशेष अनुरोध गरिएको छ।
समितिले सम्पूर्ण धर्मावलम्बी, श्रद्धालु भक्तजन तथा आम नागरिकलाई उपस्थित भई धर्म, संस्कृति र आध्यात्मिक चेतनाको संरक्षण एवं प्रवर्द्धनमा योगदान दिन आग्रह गरेको छ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

YOU MAY ALSO LIKE

Jayjanatatv

Jayjanatatv

0
Would love your thoughts, please comment.x
()
x